ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत


एबीसी न्यूज
फाल्गुन २२, २०७९ सोमबार  ७ : ४० बजे

काठमाडौं, २२ फागुन । चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ ।

चीनको राष्ट्रिय व्यवस्थापिकाको चलिरहेको बैठकमा प्रस्तुत बजेटको मस्यौदा प्रतिवेदनमा व्यापार विस्तार र विविधीकरणमा विशेष जोड दिइएको छ । प्रधानमन्त्री ली खछ्याङले यो वर्षको आर्थिक वृद्धिदरको लक्ष्य पाँच प्रतिशतको हाराहारीमा राखिएको बताउँदै कोरोना महामारीका कारण तीन प्रतिशतमा झरेको अघिल्लो वर्षको आर्थिक वृद्धिलाई बढाउन उद्यमी व्यवसायीलाई उत्प्रेरित गर्नुभएको छ । सन् १९७० पछि पहिलो पटक चीनको आर्थिक वृद्धिदर तीन प्रतिशतमा झरेको हो ।

बैठकमा सरकारी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री लीले आर्थिक पुनरुत्थान र विस्तारलाई प्राथमिकता दिनु बजेटको मुख्य उद्देश्य भएको बताउनुभयो । उहाँले स्वतन्त्र उद्यम र व्यवसाय प्रवर्धनमा जोड दिनुभयो । बाह्य व्यापारमा बढेको चुनौतीको सामना गर्ने सबल अर्थतन्त्र निर्माण लाग्नु अहिलेको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री लीले उपभोक्ता खर्च बढाएर गार्हस्थ्य आम्दानी वृद्धिको आह्वान गरे पनि विस्तृत योजना सार्वजनिक गर्नुभएको छैन । विज्ञान र प्रविधिको क्षेत्रमा राष्ट्रको सामर्थ्य बढाएर आत्मनिर्भर हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

अमेरिकासँगको व्यापारमा मन्दी आएका बेला बजेटका लक्ष्य र उद्देश्य हासिल गर्न चीनलाई हम्मेहम्मे पर्ने देखिन्छ । चिनियाँ प्रोसेसर चिप्स र अन्य उत्पादनमा अमेरिकाले देखाएको सुरक्षा चासोका साथै विश्वव्यापी माग घट्दा चीनको निर्यात व्यापार कमजोर हुने आर्थिक क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन् ।

चीन सरकारले सी जिनपिङको नेतृत्वमा बिजुली कार, स्वच्छ ऊर्जा, दूरसञ्चार र अन्य क्षेत्रमा प्रतिस्पर्धी सिर्जना गर्ने प्रयासले अमेरिका र व्यापारिक साझेदार अन्यसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।

बजारमा आफ्नो नियन्त्रण कायम गर्ने, अनुदान दिएर अन्य लगानीकर्तालाई हतोत्साही पार्ने तथा प्रविधि चोरीजस्तो गम्भीर आरोप पनि चीनमाथि लाग्दै आएको छ । आर्थिक, सामाजिक एवम् सांस्कृतिकरूपमा सुदृढ राष्ट्र बनाउन विदेशी लगानी प्रवर्धन गर्ने भनिए पनि वास्तवमा बेइजिङले आफ्नै घोषित नीतिको पालना नगरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पद्वारा पुष्टि

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच वार्ताः क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिवद्धता

कोटे डि आइभोरद्वारा २०३० सम्म औलो उन्मूलन गर्ने लक्ष्य, एक खर्ब सीएफए फ्रान्क स्वास्थ्य बजेट विनियोजित

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com