ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेटिएको यो हाडले बदल्दैछ मानव स्थानान्तरणको इतिहास


admin

काठमाडौं, १४ माघ । इजरायलको गुफामा पन्ध्र वर्षअघि भेटिएको मानव अवशेषबाट आएको नँया तथ्यले मानव स्थानान्तरणको इतिहासलाई बदल्नुपर्ने भएको छ ।

सो तथ्यले मानव स्थानान्तरण अहिले भएको रेर्कडभन्दा ५० वर्ष अघि भएको देखाएको छ ।

आधुनिक मानव इतिहासको सुरुवात ९० हजारदेखि १ लाख २० हजार वर्षपहिले अफ्रिकाबाट सुरु भएको मानिदै आएको छ । तर सन् २००२ मा इजरायलको मिस्लिया गुफाभित्र उत्खननका क्रममा भेटिएको च्यापुको हाड १ लाख ७७ हजारदेखि १ लाख ९४ हजार वर्ष पुरानो भएको पाइएको छ ।

करिब पन्ध्र बर्ष अघि भेटिएको सो हाडलाई विभिन्न देशका प्रयोगशालामा थुप्रैपटक ‘कार्बनडेटिङ’ र परिक्षण गरियो । सोही परिक्षणको अन्तिम परिणाम बिहीबार सार्वजनिक भएको छ, जसअनुसार सो च्यापुको हाड १ लाख ७७ हजारदेखि १ लाख ९४ हजार वर्ष पुरानो भएको वैज्ञानिकहरूले अनुमान गरेका छन् ।

यदि अनुमान प्रमाणित भयो भने यसले मानवशास्त्रीहरूको मानव स्थानान्तरणको व्याख्या बदलिदिने छ। यसबाट हाम्रो पुर्खाको सुरूआती बसाइसराइको इतिहास नै पुनर्लेखन गर्नुपर्ने हुन्छ।

‘अफ्रिकाबाहिर आधुनिक मानवको सबभन्दा पुरानो अवशेष भेटिएको यो पहिलोपटक हुनसक्छ,’ विस्कनसिन विश्वविद्यालयका प्राग् ऐतिहासिक मानवशास्त्री जोन हक्सले भने।

खोजमा मान्छेको च्यापुको माथिल्लो हाड भेटिएको हो। यसमा ८ वटा दाँत छन्। सात वटा सामान्य दाँत छन् भने एउटा ‘कुकुर’ दाँत छ, जो अलिकति भाँचिएको देखिन्छ।

‘मलाई अचम्म लागेको छ। यो नयाँ अनुसन्धानले मानव उत्पत्तिमा नयाँ आयाम थपेको छ,’ जुलिया गलवे विथामले भनिन्। उनी लन्डनस्थित ‘न्याचुरल हिस्ट्री म्युजियम’ मा अनुसन्धान सहायक छिन् ।

मानवशास्त्री हक्स र अन्य अनुसन्धानकर्ताले भने यो खोजबारे व्याख्या गर्नुपूर्व होसियारी अपनाउनुपर्ने बताएका छन् ।

उक्त हाड अहिलेका मान्छेको शारीरिक विशेषतासँग मिल्दोजुल्दो भए पनि त्योबेलाका ‘आधुनिक मानव’ धेरै फरक हुनसक्ने उनीहरूको भनाइ छ।

‘हामीले आधुनिक मानव भने पनि उनीहरू यति धेरै आधुनिक थिएनन्,’ जिन–ज्याक्स हब्लिन्ले भने। उनी जर्मनीस्थित ‘म्याक्स प्ल्यांक इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजी’ को मानव उत्पत्ति विभागका निर्देशक हुन् ।

‘यो च्यापु हाड हेरेर आधुनिक मानवकै हो भन्नु प्राचीन मानव आजका मान्छेसँग मिल्दाजुल्दा थिए भन्नु हो,’ उनले भने। चालीस हजार वर्षअघि मान्छेको स्वरूप फरक थियो।

यो भेटिएको अवशेषको डिएनए अहिलेको मान्छेमा छ भन्न सकिँदैन। उनका अनुसार यो च्यापु हामीलाई थाहै नभएका मानव जातिको हुन सक्छ, जो अफ्रिकाबाट छुटेर गयो।

यसको वास्तविक व्याख्या गर्न डिएनए नमूना परीक्षण गर्नुपर्ने उनको भनाइ छ। यो अवशेषबाट डिएनए संकलन गर्न समस्या हुने उनी बताउँछन्।

तेल अभिभ विश्वविद्यालयका प्राग ऐतिहासिक मानवशास्त्री इजरायल हर्सकोभिट्ज नेतृत्वको टोलीले यो अवशेष ‘माउन्ट कार्मेल’ को मिस्लिया गुफामा भेटाएको हो। यो टोलीले लामो समयदेखि चुनढुंगाका भीरमा गुफा बनाएर बसेका प्राचीन मानवबारे अध्ययन गरिरहेको छ। यो क्षेत्रमा भेटिएका केही सामग्री १ लाख २० हजारदेखि २ लाख ५० हजार वर्ष पुरानो भएको अनुमान पुरातत्वविदहरूले गरेका छन्।

डा। हर्सकोभिट्जले यसअघि पनि केही यस्ता चिज भेटेका थिए। सन् २०१५ मा उनले ५५ हजार वर्ष पुरानो मानव खप्पर फेला पारे।

पुरातत्वविदहरूले यो च्यापु हाड परीक्षण गर्न विश्वका धेरै ठाउँमा नमूना पठाए। ‘यो धेरै आधुनिक देखिन्छ। हामीलाई यसबारे मान्छेलाई बुझाउनै ५ वर्ष लाग्यो। उनीहरूले विश्वासै गर्न सकेनन्,’ डा। विन्सिटिन एभ्रोनले भनिन्।

वैज्ञानिकहरूले यसबारे अध्ययन गर्न सबभन्दा पहिले अस्ट्रिया पठाए। यो अध्ययन भियना विश्वविद्यालयका प्राग् ऐतिहासिक मानवशास्त्री गेरहाड डब्लु वेबरको प्रयोगशालामा भयो।

अनुसन्धानकर्ताले आधुनिक प्रविधिबाट थ्रिडी स्क्यान गरी प्रतिरूप च्यापु बनाए। अहिलेसम्म भेटिएका विभिन्न समयका मानव अवशेषसँग त्यसका विशेषता जाँचे। सबै अनुसन्धानपछि उनीहरू यो आधुनिक मानवकै हो भन्ने निष्कर्षमा पुगेका हुन्।

‘यो धेरै आधुनिक छैन, आधुनिकतर्फ ढल्किँदै गएको पनि छैन, मानवशास्त्री वेबरले भने, ‘यो वास्तवमै आधुनिक मानवको च्यापु हो।’

च्यापु हाडको ‘उमेर’ पत्ता लगाउन पनि उनीहरूले अस्ट्रेलिया, फ्रान्स र इजरायलका तीनखाले प्रविधि प्रयोग गरेका थिए।

मिस्लिया गुफामा भेटिएको यो अवशेषको रेर्कड यदि प्रमाणित भए यसले आधुनिक मानव इतिहास फेर्नेछ। अहिलेसम्म मानव बसाइसराइ अफ्रिकाबाट भएको मानिदै आएकोमा खोज पुष्टि भएसंगै आधुनिक मानिसले विभिन्न बाटा प्रयोग गरेर अफ्रिकाबाट बसाइसराइ गरेका थिए भन्ने देखिन्छ।

 

न्युयोर्क टाईम्सबाट साभार

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

‘ट्रम्प विश्वको सम्राट होइनन्, अमेरिकी निर्वाचित नेता मात्र हुन्’

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ६३ जनाको मृत्यु, २९० जना घाइते

इराकको अल-कुटस्थित सपिङ मलमा भीषण आगलागी, कम्तीमा ६० जनाको मृत्यु

बेलायतमा तीन व्यक्तिको डीएनए प्रयोग गरेर जन्मिएका शिशु वंशाणुगत रोगमुक्त – अध्ययन

बंगलादेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर ४ जनाको मृत्यु, ९ घाइते

नेपालीहरूलाई नेपालमै बस्न सक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छौँ- अमेरिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com