ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनी देशले अरुलाई सघाउनु पर्दछ : उपप्रम श्रेष्ठ


ABC NEWS

काठमाडौँ २० फागुन । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले माहामारी, द्वन्द्व तथा जलवायु प्रकोप जस्ता ठूला विश्वव्यापी संकटहरू सामना गरिरहेका अतिकम विकसित देशहरुको अर्थतन्त्रलाई सहयोग वृद्धि गर्न विकास साझेदारहरुसमक्ष आग्रह गरेका छन् । कतारको दोहामा जारी अतिकम विकसित राष्ट्रहरुको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विकास साझेदारहरुसँग सहयोग प्रतिबद्धता पूर्ण रुपमा कार्यान्वयन गर्न अपिल गरेका छन् ।

बढ्दो ऋण तथा मुद्रास्फितीको चुनौतीलाई जित्नका लागि ऋण सहुलियतसहित औपचारिक विकास सहयोगमा विस्तार गर्न ठोस कदम चाल्नुपर्छ,उपप्रधानमन्त्री श्रेष्ठले भने ।

श्रेष्ठले धेरै संकटहरुको सामना गर्दै आएका अतिकम विकसित देशहरुका लागि उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि र कृषि क्षेत्रमा ठूलो लगानी आवश्यकता रहेको बताए ।
अतिकम विकसित देशहरुलाई गुणस्तरीय र दिगो उर्जा, यातायात र डिजिटल कनेक्टिभिटीको भरपर्दो पूर्वाधार अहिले झनै आवश्यक भएको छ, श्रेष्ठले भने ।

यस क्रममा उनले सबैभन्दा जोखिममा रहेको समाजलाई सुरक्षित गर्न र विकास तथा मानव स्रोतको सम्भावना उपयोगका लागि सामाजिक सुरक्षाको समृद्धि र भरपर्दो स्वास्थ्य प्रणाली आवश्यक रहेको औंल्याएका थिए ।

यस्तै विश्वव्यापीकरणले सिर्जना गरेको विकासको प्रतिफलबाट दशकौंदेखि अतिकम विकसित देशहरुलाई बञ्चित गरिँदै आएको पनि उनको गुनासो थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com