ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार बिरूद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यादेश सम्बन्धीविशेष छलफल


abc

काठमाडौं । संघीय संसद सचिवालयसँगको समन्वय र भ्रष्टाचारविरूद्ध सांसदहरूको विश्वव्यापी संगठन(Global Organization of Parliamentarians against Corruption- GOPAC), गोप्याक नेपाल च्याप्टरको आयोजनामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूसँग भ्रष्टाचारबिरूद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्र्यादेश सम्बन्धी विशेष छलफल कार्यक्रम शुक्रबार संघीय संसद भवन, ल्होत्से हल, नयाँबानेश्वरमा सम्पन्नभएको छ ।

कार्यक्रमको सञ्चालन GOPAC-Nepal सचिवालय संस्था गोगो फाउन्डेसनका संस्थापक अध्यक्ष केदार खड्काले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गोप्याक  नेपालका अध्यक्ष जगन्नाथ खतिवडाले गर्नु भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाको प्रमूख अतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना लगायत विभिन्न दलका प्रमुख सचेतक, संसदीयदलका नेताहरुको उपस्थिति रहेको थियो । संसद भवनको ल्होत्से हलमा आयोजना गरिएको कार्यक्रममा ६५ जना सांसदहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागतमन्तव्य राख्दै सांसद मेटमणी चौधरीले संसारमा सबैको सत्रुको रुपमा भ्रष्टाचार रहेको, संसार भरीका सांसदरुको भ्रष्टाचार विरोधी अभियान पछिल्लो समय एकदमै समय सान्र्दभिक रहेको,नेपालमा पनि सांसदहरुले भ्रष्टाचार विरुद्ध आवाज उठाउनका लागि यस संगठनमा आवद्ध हुन आग्रह गर्दै सबैलाई स्वागत गर्नु भएको थियो ।

छलफल कार्यक्रममा भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापि संगठनको बारेमा GOPAC-Nepal Chapter संयोजक जगन्नाथ खतिवडाले जानकारी गराउनु भएको थियो । उहाँलेः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट भ्रष्टाचार विरूद्ध संयुक्त रुपमा लड्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् २००३ अक्टोबर ३१ मा भ्रष्टाचार विरूद्ध अन्तर्राराष्ट्रिय महासन्धी (UN Convention against Corruption-UNCAC) पारित गरी सन् २००५ डिसेम्बर १४ देखि कार्यान्वयनमा ल्याएको छ । साथै नेपालको संसदबाट पनि सन् २०११ मा अनुमोदन भईसकेको, हालसम्म यो महासन्धीलाई १४० राष्ट्रले अनुमोदन गरिसकेका छन् भने सन् २०२१ नोभेम्बर १८ सम्म १८९ मुलुक राज्यपक्षभएको, नेपालमा यसको च्याप्टर विगत देखि नै स्थापना भई क्रियाशिल रहेको र पछिल्लो समय नयाँ संसद आएको सन्र्दभका यसको पुर्नगठन र क्रियाशिलता गर्नु पर्ने र संसदले यसको नेतृत्व समेत लिनु पर्ने कुरा बारे प्रकाशपार्नु भयो ।

भ्रष्टाचार विरूद्ध अन्तर्राराष्ट्रिय महासन्धी(UNCAC) को अभियानलाई विस्तार गर्ने उद्देश्यले भ्रष्टाचारविरूद्ध सांसदहरूको विश्वव्यापी संगठन (Global Organization of Parliamentarians against Corruption-GOPAC) ले कामगर्दै आएको छ । मुख्य सचिवालय कतारको राजधानी दोहामा रहेको GOPAC ले संसदीय अभ्यास र जागरूकताका साथै भ्रष्टाचारविरूद्ध लड्न सांसदहरूको विश्वव्यापी सञ्जालीकरणका माध्यमबाट क्षमता अभिबृद्धि लगायत अन्तर्राष्ट्रिय अनुभव आदान प्रदानगर्दै आएको छ । हालसम्म GOPAC अभियानमा १,००० भन्दा बढि सांसदहरू आवद्ध भएकाछन् । साथै दक्षिण एसिया, अफ्रिका, ल्याटिन अमेरिका लगायत मध्यपूर्वमा क्षेत्रीय च्याप्टरहरू स्थापना भैसकेका कुरा समेत जानकारी गराउनु भएको छ ।

GOPAC-Nepal Chapter सचिवालय GoGo Foundation , संस्थापक अध्यक्ष, केदार खड्काले विद्यमान समयमा भ्रष्टाचारको स्वरुप र यसले पारिरहेको असरका बारेमा प्रकाश पार्दै कार्यपत्र प्रस्तुतिकरण गर्नु भएको थियो ।
सो अवसरमा भ्रष्टाचारबिरुद्ध सांसदहरुको विश्वव्यापी संगठन संगठनको अभियानकाबारेमा संक्षिप्त प्रस्तुतिपछि विस्तृत छलफल भएको थियो । उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा हुँदै आएका भ्रष्टाचार, अनियमितता र कमी कमजोरीको उदाहरण दिदै भ्रष्टाचार भ्रष्टाचारबिरुद्ध सबै मिलेर लडाई लड्नुपर्ने र सो अभियानमा प्रतिनिधि सभाको तर्फबाट जे जस्तो सहयोग चाहिन्छ आफू तयार रहेको प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भ्रष्टाचार विरुद्ध लड्न आफ्नो इमान्दारिता र प्रतिवद्धताबाट शुरु गर्नुपर्ने बताउनु भयो । साथै उहाँले सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनी व्यवस्था अनुसार समयमा सम्पत्तिविवरण बुझाउनु पर्ने र सम्पत्ति घट्बढ भएको बारेमा अनिवार्य प्रभावकारी रुपमाजाँच गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरुको प्रभावकारीता बढाउन सबैले सोच्नुपर्ने समय आएको बताउनु भयो । साथै भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्न ढिलो गर्न नहुने बताउनु भयो ।

 

कार्यक्रममा सांसदहरु क्रमशः रोशन कार्की, मंगलप्रसाद गुप्ता, एकनाथ ढकाल, ज्ञानेन्द्र शाही, अम्बरबहादुर थापा, लक्ष्मी तिवारी, राजेन्द्रलक्ष्मी गैरे, सुमना श्रेष्ठ लगायतले कानूनले मात्र भ्रष्टाचार नियन्त्रण नहुने, भ्रष्टाचार नियन्त्रणका लागि आफैबाट शुरुवात गर्न पर्ने, कानून हातमा लिएर भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्न नसकेका कारण पनि भ्रष्टाचार बढ्दै गएको, भ्रष्टाचार भएका र गरिएका आवाज उठ्दै जाने तर व्यवहारमा नियमन फितलो हुने गरेको, दण्डहिनतालाई प्रशय दिई रहे भ्रष्टाचार झनै चर्को रुपमा बढ्दै जाने, राष्ट्र भन्दा व्यक्ति धनि भई रहेको र राष्ट्र गरिब हुदै गई रहेको र विभिन्न अध्ययनले समेत नेपालमा भ्रष्टाचार व्याप्त हुदै गएको सन्र्दभमा यसको प्रभावकारी नियमनका लागि सांसदहरुले राजनैतिक रुपमै प्रतिवद्धता लिनु बारे आ-आफ्नो धारणा राख्नु भएको थियो । त्यसैग री, कार्यक्रमका अध्यक्ष जगन्नाथ खतिवडाले विश्वव्यापी रुपमा भ्रष्टाचारविरुद्ध सांसदहरु संगठित हुन थालेकाले हामीले पनि गोप्याकको मञ्चका माध्यमबाट सो अभियानमा सक्रियता बढाउनु पर्ने बताउनु भयो ।

साथै असल सांसद भए असल सरकार बन्छ, असल सरकारले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सक्छ । त्यसैले भ्रष्टाचार नियन्धण गर्न सांसदहरुले अहमं भूमिका खेल्न सक्छन् भन्दै सांसदहरुको खवरदारी बढाउनु पर्ने बताउनु भयो । साथै उहाँले गोप्याक नेपाल च्याप्टरको सचिवालय संसद भवनमै व्यवस्थापन गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभाले यस अभियानलाई आत्मसात गरी भ्रष्टाचारविरुद्ध संसदीय खबरदारी बढाउनु पर्ने सुझाव दिनु भएको थियो । उहाँले गोप्याकमा आवद्ध हुन सबै सांसदहरुलाई आव्हान गर्दै कार्यक्रम समापन गर्नु भयो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

काठमाडौं, १७ चैत्र ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम तयार भएको छ । संविधानको रक्षा, आवश्यकताअनुसार परिमार्जन/विकास, गणतन्त्र

सम्बन्धित

बाह्र वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

आजदेखि एसईई, ५ लाख बढी परिक्षार्थी

अर्थतन्त्र सुधारका लागि सकारात्मक हस्तक्षेपको नीति ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ

रास्वपाबाट बारा २ मा रमेश खरेल, तनहुँ १ मा स्वर्णिम वाग्ले, चैतेहरुको बोलवाला

१७ करोड मूल्यको कोकिनसहित दुई महिला पक्राउ

‘बैंकमाथि चौतर्फी आक्रमण भए विदेशी लगानी रोकिन सक्छ’ : बैंकर्स संघ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...