ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अवैध व्यापारले नेपाली उद्योगी व्यवसायी संकटमा’


एबीसी / संवाददाता

भैरहवा, २० फागुन । रुपन्देहीका उद्योगी व्यवसायीले खुला सीमाका कारण व्यवसायमा ठुलो असर परेको बन्दै केन्द्रिय स्तरबाट सिमा व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ वार्षिक साधारणसभाको अवसरमा बोल्दै उद्योगी व्यवसायीहरुले अहिले को विषम् परिस्थितिमा पनि सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गर्दै हेर्ने दृष्टिमा परिवर्तन नआएको बताए । उनीहरुले खुला सिमानाका कारण भइरहेको अवैध कारोबारले नेपाली उद्योगी व्यवसायी संकटमा परेकोले  सिमा नाकालाई व्यवस्थित गर्दै सीमाबाट हुने अवैध व्यापारले सीमावारिका बजारका व्यवसायीहरुलाई पारेको प्रभावलाई  कम गर्ने गरी ठोस नीति अवलम्वन गर्नुपर्ने बताए ।

नियमपूर्वक भन्सार गरेर आएका सामानले अवैध समानासँग प्रतिस्पर्धा गर्न असम्भव भएकाले बेलहिया भन्सार नाकालगायत जिल्लाको प्रत्येक खुला सिमाना र नवलपरासी तथा कपिलवस्तु जिल्लाको सिमानाबाट समेत बढी संख्यात्मक मात्रामा अवैध सामान भित्रिदा एकातिर सीमा वारीका व्यवसाय शून्य भएको र सरकारको राजश्वसमेत कम उठेकाले यसमा सरकार गम्भीर हुनु पर्ने बताए । सम्भावना देखेर राज्यले गरेको लगानीभन्दा बढी कयौँ गुणा लगानी निजी क्षेत्रले जोखिम मोलेर गरेपनि सरकारको उदासिनताका कारण निजी क्षेत्रको लगानी धरापमा पर्ने गरेको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केही समय आर्थिक अवस्थामा संकट परेकाले सधैँ यस्तै नरहने औँल्याउँदै उद्योगी व्यवसायी नआत्ति धैर्य गर्न आग्रह गरे । नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताउँदै उद्योगी व्यवसायीको हकहितमा महासंघ लागिपर्ने भएकाले बैंकहरुले बचतमा ब्याजदर बढाएकै कारणले अहिलेको अवस्था आएकाले घटाउनेतर्फ महासंघ लागेको बताए ।

उत्पादनमूलक व्यवसायलाई अन्य उद्योग भन्दा कम व्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्था  कार्यान्वयन गर्नुपर्ने, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र औद्योगिक विकास र उत्पादनमूलक उद्योग स्थापनामा सरकारबाट ठोस कदम चाल्नुपर्ने, राष्ट्रबैंकको यर्थाथपरक नीतिको अभावले कर्जा र तरलतामा समस्या देखिएकाले ध्यान दिनु पर्ने, बैंक तथा वित्तिय संस्थाद्वारा कर्जाको व्याजदरमा मनोमानी तवरले वृद्धि गर्दै आएकाले यसलाई नियन्त्रण गर्नुपर्ने, पर्यटकिय हिसाव तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चलानलाई मध्यनजर गरी रुपन्देही जिल्लाभित्र रात्रिकालीन बजार एवम् सवारी साधन सञ्चालनको व्यवस्थित गर्नुपर्ने, स्थानीय, प्रादेशिक एवं संघीय सरकारद्वारा लागु गरिएका कर एकीकृत रुपमा एकद्वार प्रणालीमार्फत् दाखिला गर्ने व्यवस्था मिलाइउनु पर्ने व्यवसायीको माग छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा २ लाख ३० हजार नाघ्यो

जेनजी आन्दोलन :बीमा दाबी २३ अर्ब ३९ करोड

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com