ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारबाट फर्किएर कफी व्यवसाय


एबीसी न्यूज

काठमाडौं,१७ फागुन । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काम्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीत नै गाउनुभएको थियो । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाहनेका लागि पनि लुम्ले गाउँ परिचित छ ।

यही गाउँका २७ वर्षीय युवा नवीन देवकोटाले सडक छेउमा ‘लुम्ले कफी स्टेट’ नाम दिएर ग्राहकलाई आफैँले उत्पादन गरेको जैविक कफीबाट बनेका पेयपदार्थ पिलाउँदै आउनुभएको छ । उहाँले चार वर्षअघि सडक छेउको आफ्नै जग्गामा सानो कन्टेनरमा क्याफे सञ्चालन गर्नुभएको हो । राजमार्ग हुँदै गन्तव्यतर्फ दौडिरहेका यात्रु केही छिन आफ्नो क्याफेमा कफी पिउनलाई रोकिने गरेको देवकोटाले बताउनुभयो ।

“सडक छेउमा त्यो पनि एकान्त वातावरणमा भएर पनि हुन सक्छ मुस्ताङ, पर्वत, बागलुङ हिँडेका नेपाली र विदेश पर्यटक रोकिने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “विदेशी ग्राहकलाई मैले आफैँ उत्पादन गरेको जैविक कफी हो भनेपछि उनीहरू जिज्ञासु र उत्साहित हुन्छन्, कति त कफी खेती देखाउन लैजा भनेर बोटसम्म नै पुग्ने गर्छन् ।”

होटेल म्यानेजमेन्ट विषय पढ्दै गर्दा पैसा कमाउने हुटहुटीले पढाइ छाडेर कतारको यात्रामा लाग्नुभएका देवकोटा दुई वर्षको बिचमै स्वदेश फर्कनुभयो । आफ्नै बाँझो जग्गा जमिनमा सहजै फलाउन सकिने कफी कतारका ठूला क्याफेमा महँगो मूल्य खर्चेर कफी पिउने पारखीको भीड देखेपछि देवकोटालाई स्वदेश फर्कन प्रेरित गरेको थियो ।

“म पोखराको बरिस्टामा कफी बनाउने तालिम लिएर कतार गएको थिएँ, अन्तर्राष्ट्रियस्तरमै कफी कल्चरलाई नजिकबाट नियाल्ने र काम गर्ने अवसर पाएँ”, उहाँले भन्नुभयो, “कतार जानुअघि नै लुम्लेमा कफी उत्पादन गर्न सकिन्छ भन्ने थाहा भएको कुराले हरेक दिन दिमागमा हान्न थाल्यो, भिसा बाँकी रहँदै देश फर्केर आफ्नो र भाडामा लिएको १५ रोपनी जमिनमा कफी खेतीको सुरुवात गरेँ ।”

सामान्य परिवारमा हुर्केका देवकोटाका बुबा अहिले पनि विदेशी मुलुकमा श्रम गर्दै आउनुभएको छ । छिट्टै बुबालाई पनि स्वदेश फर्काउने उहाँको चाहना छ । आमाले छोराको कफी यात्रालाई पूर्ण रूपमा सघाउँदै आउनुभएको छ । “नर्सरीमा उत्पादन भएका बिरुवादेखि प्रशोधनसम्मको काममा आमाले सघाउनुहुन्छ”, देवकोटाले भन्नुभयो, “मैले क्याफे सञ्चालनदेखि कफीको बोट र धुलो पनि प्याकेजिङ गरेर बेच्ने भएकाले त्यसको बजारीकरण र ब्राण्डिङमा काम गर्छु ।”

देवकोटालाई आफूले उत्पादन गरेको कफी बजारमा राम्रो मूल्यमा बिकोस् भन्ने चाहना थियो । उहाँ धेरै ठाउँमा कफी बेच्न पुग्नुभयो । उहाँले दु:खअनुसारको मूल्य कहीबाट नपाएपछि आफ्नो जग्गामा उत्पादित कफी प्रशोधन गर्ने र क्याफेसमेत सञ्चालन गर्ने निर्णय गर्नुभयो । पहिले गुड्ने क्याफे सञ्चालन गर्ने सोच बनाउनुभएका उहाँले भनेजस्तो सस्तो मूल्यको सवारीसाधन फेला नपरेपछि सजिलै उचालेर सार्न सकिने कन्टेनरमा क्याफे स्थापना गर्नुभएको हो ।

“नेपालमा कफी संस्कृति बढिरहेको अवस्थामा स्थानीय कफीले सही मूल्य नपाउँदा कृषकले कफी खेतीमा चासो नदिएको देखिन्छ”, उहाँले भन्नुभयो, “नजिकै गाउँहरूमा कृषकले लगाएको कफीसमेत खरिद गर्दै आएको छु, उहाँहरू मैले दिने मूल्यमा खुसी हुनुहुन्छ, कृषकलाई बचाउन सकेमा मात्रै सहरका क्याफेमा गाउँको जैविक कफी पिउन पाइन्छ भन्ने हो ।”

देवकोटाको क्याफेमा स्थानीय कफीबाट बन्ने पेयपदार्थको स्वाद लिने मुख्य ग्राहक भनेका राजमार्गमा गुड्ने यात्रु नै हुन् । विदेश त्यागेर आएका देवकोटालाई गाउँमा बसेर कफी बेच्नुभन्दा पोखरामा गएर राम्रै क्याफे सञ्चालन गर्न सल्लाह दिने प्रशस्तै भेटिन्छन् । उहाँलाई अहिलेसम्म गाउँ छाडेर कतै जाने रहर आएको छैन ।

आफ्नै घरमा बसेर कफीका बिरुवा हुर्काउन पाउँदाको आनन्द आफूले अन्त कतै नपाउने देवकोटा बताउनुहुन्छ । “हाम्रो कफी बजारभन्दा फरक भएरै होला दिनप्रति दिन ग्राहकको सङ्ख्या बढ्ने गरेको छ”, उहाँले भन्नुभयो, “कफी पारखीहरूले कफीको कपमा स्वाद मात्र भेट्दैनन् त्यहाँ खुसी र माया पनि भेट्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com