ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान


abc

काठमाडौं, १६ फागुन । बागलुङमा ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४औँ चरणको हात्तीपाइले निवारण अभियान सुरु गरिएको छ । जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो ।

तेह्र वर्षदेखि निवारण हुन नसकेको हात्तीपाइले निवारणका लागि आम औषधि अभियानलाई प्रभावकारी बनाउन विभिन्न रचनात्मक नारा तथा अभियानसहित आम औषधि सेवन अभियान सुरु गरिएको छ ।

सामान्यत: छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १३ वर्षमा समेत निवारण नभएपछि यस पटक हात्तीपाइले निवारण अभियानका लागि स्वास्थ्यकर्मी रात दिन ‘यसै पटक अन्तिम पटक’ भनेर खटेका छन् । हात्तीपाइलेविरुद्धको आम औषधि अभियानलाई प्रभावकारी बनाउन सचेतनामूलकका लागि टोलस्तरीय अन्तरक्रिया कार्यक्रम, हात्तीपाइलेसम्बन्धी लोक भजन तथा लोक दोहोरी प्रतियोगिता र माइकिङ लगायतका रचनात्मक क्रियाकलाप सम्पन्न गरिएको छ ।

यस पटक बागलुङमा दुई लाख ४६ हजारलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । “यसै पटक बागलुङमा अन्तिम पटक भनेर अभियान चलाएका छौँ, हात्तीपाइले निवारणका लागि विभिन्न रचनात्मक क्रियाकलापसमेत गरिएको छ”, शर्माले भन्नुभयो “दुई लाख ४६ हजारलाई प्रत्यक्ष रुपमा औषधि खुवाउन फागुन ११ गतेदेखि नै एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ ।”

चौधौँ चरणको हात्तीपाइले अभियानमा दुई लाख ४६ हजार छ सय ४६ जनालाई हात्तीपाइलेको औषधि खुवाउन पाँच सय स्वास्थ्यकर्मीसहित एक हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । हात्तीपाइलेबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने भए पनि बागलुङमा १३औँ पटक आम औषधि सेवन अभियान सञ्चालन गर्दासमेत निवारण नभएपछि यस पटकको १४औँ चरणको अभियानलाई प्रभावकारी बनाउन गत वर्षभन्दा फरक कार्यक्रमसमेत ल्याइएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो ।

“यस पटक हात्तीपाइले औषधि सबैलाई खुवाएर निवारण गर्न सचेतनाका लागि लोक दोहोरी, भजन प्रतियोगिता, माइकिङसहित टोल–टोलमा सचेतनामूलक अभियान गरियो”, शर्माले भन्नुभयो “अहिले सबैले औषधि खाने भएमा यसपटक हत्तीपाइले बागलुङबाट निवारण हुनेछ ।” शर्माका अनुसार १४औँ पटक औषधि सेवन गर्न गरिएको पूर्वनमुना परीक्षणमा भने जम्मा एक जनामा मात्रै हात्तीपाइलेको जीवाणु भेटिएकाले यस पटकको औषधि अन्तिम पटकका लागि हुनसक्ने सम्भावना धेरै रहेको शर्माको भनाइ छ ।

बागलुङमा पाँच पटकसम्मको नमुना परीक्षण गर्दा हात्तीपाइले निवारण नभएको तर छैटौँ पटकको नमुना सङ्कलन गर्दा निवारणका लागि आवश्यक दुई प्रतिशतभन्दा कम शून्य दशमलव ३३ प्रतिशत मात्रै हात्तीपाइलेको जीवाणु फेला परेकाले यस वर्षलाई अन्तिम पटक भनेर हात्तीपाइलेको आम औषधि सेवन अभियान सञ्चालन गरिएको छ ।

जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आइरहेकामा यस पटक सात सयमा गरिएको नमुना परीक्षणमा एकजनामा मात्रै जीवाणु फेला परेकाले १४औँ पटकको अभियान नै अन्तिम हुनसक्ने भन्दै सबैले औषधि सेवन गर्न आवश्यक रहेको शर्माले बताउनुभयो । सङ्क्रमण दुई प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याका रुपमा नलिइने र निवारणको मान्यता दिने प्रचलन रहेको शर्माको भनाइ छ ।

हात्तीपाइलेविरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु तथा लामखुट्टेको प्रकोपका कारण निरन्तर रुपमा अभियान चलाइराख्नु परेको र यस पटक भने हात्तीपाइलेको आम औषधि सेवन अन्तिम बनाउने गरी अभियान थालिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

सुनकोशीमा फेला परेको शव सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको

सम्बन्धित

प्रतिपूरक वृक्षरोपण गर्न जग्गा खोजी

नक्कली भूटानी शरणार्थी प्रकरण सरकारी वकिलको थुनछेक बहस सकियो

अर्थ मन्त्रालयमा पूर्वकर्मचारीकाे नियुक्तिबारे स्पष्ट पार्न माग

चार स्थानमा पुल निर्माण गरिने

फिक्कल गाउँपालिका स्तरीय बाल भेला सम्पन्न

सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com