ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा सीप सिकेर स्वदेशमा लगानी


एबीसी / संवाददाता

रामपुर, १७ फागुन । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो ।

हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको छ । यसको खरिद बिक्री, खेती विस्तारमा समेत जोड दिइन थालिएको छ । पाल्पाको रामपुर नगरपालिका–५ भम्बकका प्रेमबहादुर सिंले अहिले कफीखेती गर्नुका साथै गाउँघरमा उत्पादित कफी खरिद बिक्री गरिरहेका छन् । करिब आठ वर्ष दक्षिण कोरिया बसेर फर्किएका उनी अहिले कफी व्यवसायमा रमाइरहेका छन् ।

विदेशमा रोजगारीका क्रममा उनी कफी कम्पनीमा काम गर्थे । त्यहाँ बस्ने क्रममा कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिकेपछि अहिले स्वदेशमा बसेर व्यवसाय गर्न सजिलो भएको बताउँछन् । वैदेशिक रोजगारीका क्रममा गुल्मीमा उत्पादन भएको कफी आफू कार्यरत कम्पनी सञ्चालकले खरिद गरी हिमालयको गिफ्ट नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देखेपछि सिंले गाउँ फर्केर आफ्नो देशको उत्पादन आफैँले बिक्री गर्ने अठोट लिए ।

“हाम्रो देशमा उत्पादन भएको कफी विदेशीले महँगो मूल्यमा ब्राण्ड बनाएर बजारमा बिक्री गरिरहेको छ”, उनले भने, “सीप र प्रविधि नहुँदा नेपाली उत्पादन विदेशीले प्रशोधन गरी बजार पठाएका छन्, आफ्नो उत्पादन आफैँ प्रशोधन गरी बजार पठाउने मनसायले विदेशबाट फर्केर यस व्यवसायमा लागेको हुँ ।”

नेपालमा उत्पादन भएको कफीको स्वाद बेग्लै पाएपछि नेपाल फर्केलगत्तै व्यवसायमा लागेको सिह बताउँछन् । उनले कफी उत्पादन, खरिद बिक्रीमात्र नभई ग्राहकको मागअनुसार बिरुवा उपलब्ध गराउँदै आएका छन् । बरमुन अर्मिलो, बरमुन भर्बिलो, गेइसिया जातका कफी खरिद बिक्री गर्छन् । स्थानीय उत्पादन भएकाले ग्राहकले धेरै मन पराएका छन् ।

उनी भन्छन्, “घरका आँगन, डिल वरिपरि सौखमा रूपमा लगाइएका पाँच–सात कफीका बोट आमाले लगाउने गर्नुहुन्थ्यो, दाना फल्ने आफैँ भुइँमा झर्ने गर्थ्ये, कुनै उपयोगमा ल्याइएन, विदेशमा गएपछि मात्रै कफी कम्पनीमा काम गर्न थालेपछि यसको महत्व र फाइदाबारे जानकारी पाएँ ।”

विदेशमा बटुलेको अनुभवले सिंहले स्वदेशमा सोही सीप लगानी गरेका छन् । आफूले उत्पादनदेखि प्रशोधनका प्रविधिको ज्ञान सीप जानेपछि काम गर्न धेरै सजिलो परेको उनको भनाइ छ । उनले गुल्मीबाट बीउ ल्याएर खेती सुरु गरेका हुन् । स्याङ्जाको चापाकोट नगरपालिका–४ लग्दाहामा आजभन्दा करिब सात वर्षअघि पाँच सय बोट बिरुवा लगाए । सो बिरुवाले हाल उत्पादन दिइरहेको छ । व्यावसायिक तवरबाट खेती गरेका उनले बिरुवा लगाएको दुई वर्षमा फुल्न थालेको बताउँछन् ।

स्याङ्जाको वालिङ, जगतभन्ज्याङमा उत्पादन भएका कफी खरिद गरेर पाल्पा रामपुरमा प्रशोधन गरी बाहिर पठाउँछन् । ‘अर्ग्यानिक चिया तथा कफी’ नाममा गत वर्ष घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा दर्ता गरी आफैँ उत्पादन, खरिद, प्रशोधन गरी बजारीकरण गरिरहेका छन् । आफ्नै घरमा प्रशोधन मेसिन जडान गरी बजारीकरण गरेपछि राम्रै आम्दानी हुन थालेको सिंहले बताए ।

गत वर्षमात्रै आफूले लगाएको एक हजार आठ सय किलो कफी उत्पादन गरेका छन् भने करिब २८ टन कफी खरिद बिक्री गरेको उनले बताए । गत वर्ष एक हजार छ सय किलो कफी जापान, २५ किलो जर्मनी, सात किलो भारत, छ किलो कोरियालगायत देशमा खपत गरेका छन् । गत वर्ष करिब रु आठ लाख बराबरको कारोबार गरेका सिं यस वर्ष १० लाख बढी कारोबार हुने बताउँछन् । छहारी, भिरालो जनिनमा बिरुवा लगाएका छन् । कफीखेतीलाई व्यवसायीकरण गर्न उनले आफैँ उत्पादन गरेको एक हजार बिरुवा स्थानीयलाई निःशुल्क वितरण गरेका छन् । यस वर्ष पाल्पा रामपुरमा कफीका बिरुवा लगाउने तयारी गरिरहेका छन् ।

“यसै व्यवसायबाट परिवारको जीविका चलेको छ, अर्काको देशमा काम गर्न सजिलो छैन, आफ्नै देशमा बसेर व्यवसाय गर्दाको आनन्द नै बेग्लै छ”, उनले भने ।

कफी प्रशोधनका लागि घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले प्रशोधन गर्ने मेसिन अनुदानमा उपलब्ध गराएपछि सहज भएको छ । आफ्नै देशमा घरपरिवारका साथमा व्यवसाय गर्न पाउँदा मन आनन्दित भएको सिं अनुभव सुनाउँछन् । आफ्नो देशमा उत्पादन भएको वस्तु यहीँ प्रशोधन गरी उपभोक्तामाझ पुर्याउन पाउँदा खुसीको क्षण सम्झन्छन् । उनले रामपुर क्षेत्रलाई कफी उत्पादन प्रशोधन केन्द्रका रूपमा चिनाउने अठोट लिनुभएको छ । जापानबाट माग धेरै आएकाले पुर्याउन नसकिएको उनी बताउँछन् । प्रशोधन गरिएको कफी हाल सिंले प्रतिकिलो एक हजार आठ सयमा बजारमा बिक्री गरिरहेका छन् ।

कफी उत्पादनका लागि सातवटा प्रशोधन मेसिनको व्यवस्थापन गरेका छन् । यस व्यवसायमा करिब १० लाख बराबरको लगानी परेको छ । अहिले उनको नर्सरीमा करिब आठ हजार कफीका बिरुवा बिक्री गर्न लायकका छन् । मध्यपहाडका ४० जिल्लामा कफीखेती गरिएको तथ्यांक छ । केही जिल्लामा भने व्यावसायिकरूपमा खेती गरेको पाइन्छ । पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लामा कफीखेतीको विस्तार गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

सुनकोशीमा फेला परेको शव सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको

सम्बन्धित

प्रतिपूरक वृक्षरोपण गर्न जग्गा खोजी

नक्कली भूटानी शरणार्थी प्रकरण सरकारी वकिलको थुनछेक बहस सकियो

अर्थ मन्त्रालयमा पूर्वकर्मचारीकाे नियुक्तिबारे स्पष्ट पार्न माग

चार स्थानमा पुल निर्माण गरिने

फिक्कल गाउँपालिका स्तरीय बाल भेला सम्पन्न

सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com