ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छ : प्रधानसेनापति शर्मा


एबीसी / संवाददाता

लुम्बिनी, १६ फागुन । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुनेगरी केही अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्ने बताएका छन् ।

नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा कल्याणकारी कोषको संयोजनमा आजदेखि बुटवलस्थित मध्यपश्चिम पृतना हेडक्वाटरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै उनले सेनाका विषयमा आमजनमानस दिग्भ्रमित हुनेगरी कपोलकल्पित र झुठा टीकाटीप्पणीप्रति सचेत र सजग रहनुपर्नेसमेत बताए ।

प्रधानसेनापति शर्माले सेनाप्रति हुने यस्ता अनर्गल प्रचारबाजी र सेनाप्रति लक्षित अनेक किसिमका अफवाहको पछि नलाग्न र बुझेर मात्र कुरा गर्न सम्बद्धपक्षको ध्यानाकर्षण गरे । “हामी अराजनीतिक ढङ्गबाट काम गरिरहेका हुन्छौँ र सेनालाई स्खलित बनाउने विभिन्न किसिमका दिग्भ्रमित टीकाटीप्पणी सार्वजनिक गरेर बाटो बिराउन अनेकन कोशिस भएको हुन्छ”, उनले भने, “त्यसतर्फ कसैले पनि विश्वास नगर्नु होला जानेर यथार्थ के हो भन्ने बुझी अघि बढ्नु तपाईंहरुको पनि कर्तव्य हो ।”

अवकाश प्राप्त जीवनमा पनि सेनाको रक्षाकवच एवं सेनालाई जनताको समाजसँग जोड्ने महत्वपूर्ण सेतुका रुपमा राष्ट्रले लिएको बताउँदै प्रधानसेनापति शर्माले सोहीअनुसार अवकाशप्राप्त सेनाले इज्जतका साथ काम गरेर समाजलाई अगाडि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सैनिक मूल्य, मान्यता र अनुशासन पालना गरी सेवामा रहँदा प्राप्त गरेको ज्ञान, सीप र कलाको अधिकतम सदुपयोग गर्दै राष्ट्र सेवामा समर्पित हुन उनले आग्रह गरे । सीमित साधनस्रोतका बाबजुद पनि सेवा निवृत्त नेपाली सेना र आश्रित परिवारको सामाजिक तथा आर्थिक जीवनस्तर सुधार गर्नेगरी कार्यक्रम ल्याइएको जानकारी दिँदै प्रधानसेनापति शर्माले शिक्षा स्वास्थ्य र स्वारोजगारमूलक कार्यक्रमका लागि सहुलियतपूर्ण दरमा कर्जा उपलब्ध गराउने व्यवस्था रहेकाले यसबाट अधिकतम लाभ लिन अनुरोध गरे ।

बलाध्यक्ष रथी सीताराम खड्काले नेपाली सेनाभित्र अपनत्वको भावना जागृत गराउन सम्मेलन सहयोगसिद्ध हुने विश्वास व्यक्त गरे । उनले सेना सबैको शक्ति र सम्पत्ति भएको बताउँदै कल्याणकारी कोषबाट सञ्चालित कार्यक्रमबाट लाभ लिन अवकाशप्राप्त सैनिक तथा आश्रित परिवारलाई अनुरोध गरे।

नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले शिक्षा, स्वास्थ्य र सीपमूलक तालिमका लागि सहयोग प्रदान गर्दै आएको बताउँदै उद्यमशील क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत रु १५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए ।

अवकाश प्राप्त सैनिकका तर्फबाट प्रादेशिक रथी नेपाल भुषण चन्दले काल्याणकारी कोषमार्फत परिमार्जित र परिस्कृत ढंगबाट कार्यक्रम ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com