ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधुतीय राहदानीकोलागि रोमानियामा घुम्ती सेवा


एविसी

एजेन्सी । बर्लिनले ९ दिनसम्म रोमानियाको राजधानी बुखारेष्टमा अवैतनिक वाणिज्यदूत नवराज पोखरेल, गैर आवासीय नेपाली संघ, रोमानिया र नेपाली समाज, रोमानियाको सहयोग र समन्वयमा संचालित विद्युतीय राहदानीका लागि आवेदन संकलन कार्य सम्पन्न गरेको छ । यस प्रयोगका लागि दूतावासले मोबाइल किट सहित जनसम्पर्क अधिकृत प्रेम भण्डारीलाई त्यहाँ खटाएको थियो ।

बुखारेष्टमा पहिलो पटक घुम्ती सेवा शिविर संचालन गर्ने क्रममा हँगेरी लाइब इनरोलमेन्ट र बुल्गेरियामा रहनु भएमा नेपाली नागरिकहरुलाई समेत गरी उक्त सेवा उपलब्ध गराईएको थियो ।
यसबाट जम्मा ३६० जना नेपाली नागरिकहरुले प्रत्यक्ष दर्ता प्रणाली मार्फत विद्युतीय राहदानीका लागि आवेदन दर्ता गर्न सफल भएको अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले जानकारी दिनु भएको छ । पोखरेलका अनुसार रोमानियामा हाल १२ हजार नेपालीहरु रहेका छन् भने यो संख्यामा यस वर्ष वढोत्तरी भै करिब २५ हजार हुने देखिएको छ । बुखारेष्टमा पहिलो पटक घुम्ती सेवा शिविर संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको अवैतनिक वाणिज्यदूतका अनुसार यस प्रक्रियालाई सफल तुल्याउन नेपाली समाज, रोमानिया, तमु समाज, तामाङ घेदुङ समाज, शेर्पा किन्दु समाज, नेपाली चर्च र सुदुर पश्चिमाञ्चल समाजमा तर्फबाट स्वंय सेवक खटाई सहयोग प्राप्त भएको थियो । यसै गरी यो शिविरलाई सफलता पूर्वक सम्पन्न गर्न हङ्गेरीका सुरेन्द्र श्रेष्ठ, संचारकर्मीहरु ल्हाक्पा तेन्जी लामा, फूर्साङ लामा, युवराज लामिछाने र तेन्जी शेर्पाको पनि विषेश योगदान रहेको छ।

विद्युतीय राहदानी लागि प्रत्यक्ष भर्ना (ईनरोलमेण्ट) को कार्य शुरु हुनु एक हप्ता अघि नै गैर आवासीय नेपाली संघ, रोमानियाका अध्यक्ष तथा यस कार्यका संयोजक खगेन्द्र अधिकारी समेतको सहयोगमा सम्पूर्ण आवेदकहरुको आवेदन फाराम भरिएको थियो । यसले गर्दा दैनिक करिब ७०–८० को संख्यामा प्रत्यक्ष दर्ता प्रणालीमा प्रविष्ट गर्न सम्भव भएको कुरा दूतावासका जनसम्पर्क अधिकृत प्रेम भण्डारीले बताउनु भयो । यसका साथै नेपाली राजदूतावास, वर्लिनका नानु थापाले विदाको दिन समेत उपस्थित भै यस कार्यमा सहजीकरण क्रममा प्रणालीमा देखिएको प्रविधिक समस्याका कारण प्रक्रिया ढिलो भएको र कतिपय अवस्थामा काम रोक्नु परेको कारण यसको स्थायी समाधान खोज्नु उपयुक्त हुने धारण सेवाग्राहीले व्यक्त गरेको छन् । तथापि अहोरात खटिएर यस कार्यमा सहयोग गर्नु हुने राहदानी विभागका प्राविधिक टोलीलाई पनि धन्यवाद दिनै पर्ने हुन्छ।

प्रत्यक्ष दर्ता प्रणालीको सहजीकरणमा लागि बुखारेष्ट स्थित नेपाली रेष्टुरेन्ट “अदिति किचन” का संचालक गोपाल वहादुर क्षेत्रीले एक हप्तासम्म आफ्नो रेष्टुरेन्टलाई निशु:ल्क रुपमा प्रत्यक्ष दर्ता प्रणाली स्थलको लागि उपलब्ध गराउनु भएको थियो।

गत अगष्ट २०२२ मा चेक गणतन्त्रको राजधानी प्रागमा २ दिने घुम्ती सेवा शिविर संचालन गरेको नेपाली राजदुतावास, बर्लिनले यस पटक रोमनियामा संचालन गरेको छ भने आगामी अप्रिल १–३, २०२३ सम्म पोल्याण्डको राजधानी वार्सामा गैर आवासीय नेपाली संघ, पोल्याण्ड र वार्सा स्थित अवैतनिक वाणिज्यदूतको सहयोग समन्वयमा यस्तो घुम्ती सेवा शिविर संचालन गर्ने योजना बनाएको छ। यसै गरी आगामी मे महिनामा पुन: प्रागमा यस्तो शिविर संचालन सक्ने पनि दूतावासले जानकारी दिएको छ ।

जर्मनीका लागि नेपाली राजदूत महामहिम रामकाजी खड्काले राहदानीका लागि बुखारेष्टमा संचालित घुम्ती कन्सुलर सेवा शिविरलाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग र समन्वय गर्नु हुने बुखारेष्टका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल, गैर आवासीय नेपाली सँघ, रोमानिया, नेपाली समाज, रोमानिया, तथा अन्य विविध नेपाली सामाजिक संघ–संस्थाका पदाधिकारी एवम् प्रतिनिधिहरु, राहदानी विभागको प्रविधि टोली, हंगेरी सुरेन्द्र श्रेष्ठ र नेपाली राजदुतावास, बर्लिनबाट यस कार्यमा खटिनु भएका जनसम्र्पक अधिकृत प्रेम भण्डारी र नानु थापाप्रति द्ददय देखि नै हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ थप प्रभावकारी रुपमा यस्तो घुम्ती सेवा शिविर संचालन गर्न प्रेरणा मिलेको जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा १ करोड सहयोगको घोषणा

बिहुँकोट हेल्प नेटवर्क यूकेको साधारण सभा :नयाँ कार्यसमिति अध्यक्षमा शिव कँडेल

समाजसेवी सुष्मा गुरुङ ‘इम्प्लोइ अफ द इयर २०२३’ बाट पुरस्कृत

मलेसियामा भारत र चीनका नागरिक भिसाबिनै प्रवेश पाउने

कियाचु अमेरिकाले मनायो बलिहाङ तङनाम

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com