ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुमलटारमा प्रचण्ड र ओलीबीच निर्णायक वार्ता शुरु


एबीसी न्यूज

काठमाडौं, १४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता शुरु भएको छ ।

दुवै पार्टी एकीकरण र वाम सरकार गठनका विषयमा विभिन्न शंकाहरु उत्पन्न भइरहेको बेला आईतबार बिहान ११ बजेदेखि प्रचण्ड र ओलीबीच प्रचण्ड निवास खुमलटारमा निर्णायक वार्ता शुरु भएको छ।

यसका अघिका वार्ता ओली निवास बालकोटमा हुने गरेको भएपनि आज भने ओली आफै प्रचण्ड निवास खुमलटार पुगेका हुन । एमालेका ओली पक्षका नेताहरुले सरकार र एकीकृत पार्टीको नेतृत्व ओलीले नै गर्नु पर्ने भन्दै लबिङ गर्न थालेपछि माओवादीमा शंका उत्पन्न भएको थियो । माओवादी नेताहरु दुवै पार्टीका अध्यक्षले सम्माजनक रुपमा पद पाउनु पर्ने बताउदै आएका थिए ।

एमालेले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा माओवादी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्नु पर्ने माओवादी नेताहरुको अडान छ ।
आजको वार्तामा पार्टी एकीकरण र सरकार गठनका विषयमा निष्कर्ष निकालिने उच्च स्रोतले जानकारी दिएको छ । ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डलाई एकीकृत पार्टीको नेतृत्व दिनु पर्ने माओवादीको ठम्याइ छ ।
यदि यसमा ओली सहमत नभए दुई वाम एकीकरणको विषय तत्कालका लागि रोकिने छ । माओवादीले सरकारमा एमालेलाई समर्थन गर्ने छ भने पार्टी एकीकरणका लागि छलफल जारी राख्ने र तत्काल एकीकरणको नगरिने उच्च स्रोतको भनाइ छ ।
ओलीको नेतृत्वमा वाम सरकार बनाउन भने माओवादी तयार देखिएको छ । माओवादी उच्च स्रोतले भन्यो, “हाम्रो जोड त पार्टी एकीकरणमै हुन्छ । पार्टी एकीकरण गर्छौ भनेरै जनतामाझ गएका थियौं । र जनताले अनुमोदन पनि गरेका छन् । नेतृत्वको विषयमा एमाले सहमत भएन भने पनि सरकारमा एमालेलाई समर्थन गर्छौं ।”

ओली निकट एमाले दोस्रो तहका नेताहरु प्रचण्डलाई एकीकृत पार्टीको नेतृत्व नदिन लविङमा लागेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकट नेताहरु भने ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डलाई एकीकृत पार्टीको नेतृत्व दिनु पर्ने पक्षमा छन् । नेपाल पक्षका एक नेता भन्छन, “एक व्यक्ति एक पद त ओली कमरेडले उहिल्यैदेखि भन्दै आउनु भएको हो । अहिले पनि त्यही गर्दा राम्रो हुन्छ ।”
दुई वाम पार्टी एकीकरणको टुङ्गो नलागे पनि सहकार्य भने जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com