ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुमलटारमा प्रचण्ड र ओलीबीच निर्णायक वार्ता शुरु


एबीसी न्यूज
माघ १४, २०७४ आईतबार   १२ : ०१   बजे

काठमाडौं, १४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता शुरु भएको छ ।

दुवै पार्टी एकीकरण र वाम सरकार गठनका विषयमा विभिन्न शंकाहरु उत्पन्न भइरहेको बेला आईतबार बिहान ११ बजेदेखि प्रचण्ड र ओलीबीच प्रचण्ड निवास खुमलटारमा निर्णायक वार्ता शुरु भएको छ।

यसका अघिका वार्ता ओली निवास बालकोटमा हुने गरेको भएपनि आज भने ओली आफै प्रचण्ड निवास खुमलटार पुगेका हुन । एमालेका ओली पक्षका नेताहरुले सरकार र एकीकृत पार्टीको नेतृत्व ओलीले नै गर्नु पर्ने भन्दै लबिङ गर्न थालेपछि माओवादीमा शंका उत्पन्न भएको थियो । माओवादी नेताहरु दुवै पार्टीका अध्यक्षले सम्माजनक रुपमा पद पाउनु पर्ने बताउदै आएका थिए ।

एमालेले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा माओवादी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्नु पर्ने माओवादी नेताहरुको अडान छ ।
आजको वार्तामा पार्टी एकीकरण र सरकार गठनका विषयमा निष्कर्ष निकालिने उच्च स्रोतले जानकारी दिएको छ । ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डलाई एकीकृत पार्टीको नेतृत्व दिनु पर्ने माओवादीको ठम्याइ छ ।
यदि यसमा ओली सहमत नभए दुई वाम एकीकरणको विषय तत्कालका लागि रोकिने छ । माओवादीले सरकारमा एमालेलाई समर्थन गर्ने छ भने पार्टी एकीकरणका लागि छलफल जारी राख्ने र तत्काल एकीकरणको नगरिने उच्च स्रोतको भनाइ छ ।
ओलीको नेतृत्वमा वाम सरकार बनाउन भने माओवादी तयार देखिएको छ । माओवादी उच्च स्रोतले भन्यो, “हाम्रो जोड त पार्टी एकीकरणमै हुन्छ । पार्टी एकीकरण गर्छौ भनेरै जनतामाझ गएका थियौं । र जनताले अनुमोदन पनि गरेका छन् । नेतृत्वको विषयमा एमाले सहमत भएन भने पनि सरकारमा एमालेलाई समर्थन गर्छौं ।”

ओली निकट एमाले दोस्रो तहका नेताहरु प्रचण्डलाई एकीकृत पार्टीको नेतृत्व नदिन लविङमा लागेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकट नेताहरु भने ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डलाई एकीकृत पार्टीको नेतृत्व दिनु पर्ने पक्षमा छन् । नेपाल पक्षका एक नेता भन्छन, “एक व्यक्ति एक पद त ओली कमरेडले उहिल्यैदेखि भन्दै आउनु भएको हो । अहिले पनि त्यही गर्दा राम्रो हुन्छ ।”
दुई वाम पार्टी एकीकरणको टुङ्गो नलागे पनि सहकार्य भने जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group