ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् सबैभन्दा बढी घरजग्गा कारोबार हुने ११ जिल्ला


एबीसी / संवाददाता

काठमाडौँ, १४ फागुन । काठमाडौँ उपत्यका बाहिर सबैभन्दा बढी घरजग्गा कारोबार प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशमा हुने गरेका छन् । प्रदेश नम्बर १ का तीन जिल्ला र लुम्बिनीका तीन जिल्लाको कारोबार अत्याधिक छ । प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरीमा कारोबार बढी रहेको छ भने लुम्बिनीका रूपन्देही, दाङ र बाँकेमा बढी कारोबार भइरहेको छ ।

काठमाडौँ बाहिर बढी कारोबार हुने तराईका जिल्लामा बढी देखिएको छ । पहाडबाट तराईमा बसाइँसराइको प्रभाव यी जिल्लामा परेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार देशभर २०७९ को माघमा १ लाख १८ हजार घरजग्गा कारोबार भएका छन् ।

प्रदेश नम्बर १ का ३ जिल्लाबाट मात्रै १२ हजार ३०६ वटा कारोबार भएका छन् । लुम्बिनीका ३ जिल्लामा भने १३ हजार ९२१ वटा कारोबार भएका छन् । चालु आर्थिक वर्षको सुरूमा सुस्ताएको घरजग्गा कारोबार माघसम्म आउँदा बढ्दै गएको छ । अघिल्ला वर्षको तुलनामा भने अझै कम छ ।

२०७८ को माघमा १ लाख ३२ हजार कारोबार भएका थिए । २०७७ माघमा घरजग्गा कारोबार उच्च रहेको थियो । उक्त समय २ लाख ११ हजार वटा कारोबार भएका थिए ।

प्रदेश नम्बर १
झापा
झापाका २ वटा कार्यालयबाट ५ हजार ९५९ वटा कारोबार भएको देखिएको छ । जसमा भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट ३ हजार ८६१ कारोबार भएका छन् । यस्तै, दमक कार्यालयबाट २ हजार ९८ वटा कारोबार भएको छ । अघिल्लो वर्ष माघमा ७ हजार ११८ वटा कारोबार भएका थिए । २०७७ माघमा झापाबाट १२ हजार ६९२ वटा कारोबार भएका छन् ।

मोरङ
मोरङबाट ६ हजार ९१२ वटा कारोबार भएका छन् । मालपोत कार्यालय बेलबारी मोरङले ३ हजार ८३३, विराटनगर कार्यालयबाट २ हजार ८३३ र रंगेली कार्यालयबाट ७०६ वटा कारोबार रहेको छ । अघिल्लो वर्ष ७ हजार ८१८ वटा कारोबार भएका छन् । घरजग्गा कारोबार उच्च भएको समयमा १४ हजार १५८ वटा कारोबार भएका छन् ।

सुनसरी
सुनसरी जिल्लाबाट ४ हजार ८०० वटा कारोबार भएका छन् । भूमिसुधार तथा मालपोत कार्यालय इनरूवाबाट ४ हजार १५ र धरानबाट ७८५ कारोबार भएका छन् । अघिल्लो वर्ष सुनसरीमा ६ हजार ४७८ वटा कारोबार भएका थिए ।

मधेस प्रदेश
धनुषा
मधेस प्रदेशमा सबैभन्दा बढी जग्गा कारोबार धनुषामा भएका छन् । माघ महिनामा ३ हजार १७१ वटा कारोबार भएका छन् । अघिल्लो वर्ष ३ हजार ६८४ वटा रहेका छन् । २०७७ मा ५ हजार १८९ वटा कारोबार भएका थिए । धनुषपछि मधेस प्रदेशमा बारा र रौतहटमा बढी कारोबार हुने देखिएको छ ।

बागमती प्रदेश
चितवन
चितवनमा ४ वटा कार्यालयमार्फत् सेवा हुँदै आएको छ । माघमा ४ हजार ७८९ वटा कारोबार भएका छन् । मालपोत कार्यालय भरतपुरबाट २ हजार ८१७ वटा, माडीबाट २०४, चनौली कार्यालयबाट ८१३ र खैरहनी कार्यालयबाट ९६३ वटा कारोबार भएका छन् । अघिल्लो वर्ष ५ हजार ४२५ वटा कारोबार भएका थिए । २०७७ मा ९ हजार ३० वटा कारोबार भएका थिए ।

गण्डकी प्रदेश
कास्की
कास्कीमा ४ हजार १९४ घरजग्गा कारोबार भएका छन् । मालपोत कार्यालयमा कास्कीबाट २ हजार ९५३ र लेखनाथको कार्यालयबाट १ हजार २४१ वटा कारोबार भएका छन् । कास्कीमा अघिल्लो वर्ष ३ हजार ७८६ वटा कारोबार भएका थिए । २०७७ माघमा ६ हजार ७१७ वटा कारोबार भएका छन् ।

लुम्बिनी प्रदेश
दाङ
दाङ जिल्लाका ३ वटा कार्यालयबाट ४ हजार ४७३ वटा कारोबार भएका छन् । भूमिसुधार तथा मालपोत कार्यालय घोराहीबाट १ हजार ७३५, तुल्सीपुर कार्यालयबाट २ हजार ७ र लमही कार्यालयबाट ७३१ वटा कारोबार भएका छन् ।

रूपन्देही
रूपन्देहीका ३ वटा कार्यालयबाट ५ हजार ६४३ वटा कारोबार भएका छन् । बुटवल कार्यालयबाट २ हजार ७५०, भैरहवाबाट २ हजार ४५२ वटा भएका छन् भने मझगवा कार्यालयबाट ४४१ वटा कारोबार भएका छन् । अघिल्लो वर्ष ५ हजार ४५४ वटा कारोबार भएका थिए । ३०७७ मा ७ हजार ४०९ वटा कारोबार रहेको छ ।

बाँके
भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज बाँकेबाट ३ हजार ८०५ वटा कारोबार भएको छ । अघिल्लो वर्ष ३ हजार ५७७ वटा कारोबार भएका थिए । २०७७ मा बाँकेमा ५ हजार ६०६ वटा कारोबार भएका थिए ।

कर्णाली प्रदेश
सुर्खेत
सुर्खेतबाट २ हजार ३४१ वटा कारोबार भएका छन् । जसमा सदरमुकामबाट १ हजार ९३६ र मेहेलकुनाबाट ४०४ वटा कारोबार भएको छ । २०७८ मा सुर्खेत कार्यालयबाट १ हजार ८५६ वटा कारोबार भएका थिए । सुर्खेतकै मेहेलकुनाबाट ४८४ वटा कारोबार भएका छन् ।

सुदूरपश्चिम
कैलाली
सुदूरपश्चिममा कैलाली जिल्लामा सबैभन्दा बढी घरजग्गा कारोबार भइरहेको छ । कैलालीका २ वटा कार्यालयबाट १ महिनामा ४ हजार ३५ घरजग्गा कारोबार भएका छन् । २०७८ माघमा कैलालीमा ३ हजार ४१८ वटा कारोबार भएका थिए । २०७७ मा ६ हजार ५०१ वटा कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com