ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताक्लाकोट सडक निर्माणको जिम्मा सेनालाई दिन माग


एबीसी न्यूज

काठमाडौं, ११ फागुन । सुदूरपश्चिमको विकासको मूल ढोकाका रुपमा परिचित बझाङको ताक्लाकोट सडकखण्डको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन साइपाल गाउँपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गर्नुभएको छ ।

निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने गरेको भन्दै सेनाको जिम्मा दिन साइपालका जनप्रतिनिधिले माग गर्नुभएको हो । दक्षिणको भारत र सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यस सडकखण्डलाई बझाङका साथै प्रदेशकै विकासको मेरुदण्डका रुपमा लिइएको भए तापनि सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन ।

कठिन चट्टानी भिरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई ताक्लाकोट सडकखण्ड निर्माण गर्ने जिम्मा दिनुपर्ने गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताउनुभयो । सेनाले छोटो समयमै त्यस क्षेत्रको काम सम्पन्न गर्नसक्ने आँकलन भएको जनप्रतिनिधिको निष्कर्ष रहेको अध्यक्ष बोहोराको भनाइ छ ।

निर्माण व्यवसायीको जिम्मा दिँदा यही गतिमा हुने हो भने यो काम गर्न अझै १० वर्ष लाग्नसक्ने उहाँको भनाइ छ । निर्माण व्यवसायी र सेनाको काममा निकै भिन्नता रहेको जनप्रतिनिधिको ठम्याइँ छ ।

सङ्घीय सरकारले प्रत्येक वर्ष बजेट छुट्याएर सुस्त गतिमा काम भयो भन्नुभन्दा तत्काल नेपाली सेनाको जिम्मा लगाउनु उचित रहेको अध्यक्ष बोहराले बताउनुभयो । बुधबार मात्रै प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले उक्त सडकखण्डको अनुगमन गर्नुभएको छ । यस वर्ष सडक निर्माणको कामले गति नलिएकोसमेत जोशीले बताउनुभयो ।

कामलाई छिटोछरितो अगाडि बढाउन निर्माण कम्पनीलाई पनि निर्देशन दिइएको उहाँको भनाइ छ । गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँंग आफूले भेटका क्रममा ताक्लाकोट सडकखण्डको काम गर्ने जिम्मा सेनालाई दिनुपर्ने माग गरेको बताउनुभयो ।

सदरमुकाम चैनपुरबाट उत्तरीखण्डमा निर्माण भइरहेको यो सडक छिटो निर्माण गर्न यस क्षेत्रका बासिन्दाको चाहना भए पनि सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीको लापरबाहीका कारण काम ढिला भएको स्थानीयले बताएका छन् । रूपातोलादेखि साइपालको धुलीसम्म सडक निर्माणको जिम्मा लिएको नागार्जुन जेभी कम्पनीको काम झन सुस्त देखिएको छ । रुपातोलाबाट धुलीसम्म नागार्जुन निर्माण सेवाले विसं २०७४ मङ्सिरमा काम सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com