ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते टुङ्गिहाल्छ नि : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
फाल्गुन ११, २०७९ बिहीबार   २ : ५०   बजे

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच आज बिहीवार दिउँसो राष्ट्रपति चुनावको विषयमा केन्द्रित भएर छलफल भएको हो । सिंहदरबारमा रहेको माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको छलफल निष्कर्षमा नपुगेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले कांग्रेससँगको पुरानो गठबन्धन बिउँताउने विषयलगायतका कुनै पनि विषयमा फाइनल नभएको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘राष्ट्रपतिको उम्मेदवार १३ गते त टुङ्गिहाल्छ नि ! पुरानो गठबन्धन बिउँताउने विषयमा केही पनि फाइनल भएको छैन ।’ यता अध्यक्ष नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको र भोलिसम्ममा टुङ्गोमा पुगिने बताउनुभयो । उहाँले आफूहरू देशको हित हुने विकल्पमा जाने पनि बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीतिक भेटवार्तालाई एकीकृत समाजवादीले पनि तीव्रता दिएको छ । प्रधानमन्त्री प्रचण्ड भने कांग्रेसलाई राष्ट्रपति बनाउन इच्छुक देखिनुभएको छ । राष्ट्रिय सहमतिका लागि पनि कांग्रेसलाई समेट्नुपर्ने भन्दै उहाँले कांग्रेस नेताहरूलाई राष्ट्रपति दिने वचन दिनुभएको बताइएको छ । त्यस्तै एमाले अध्यक्ष ओलीसँगको छलफललाई पनि प्रधानमन्त्रीले निरन्तरता दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group