ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते टुङ्गिहाल्छ नि : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच आज बिहीवार दिउँसो राष्ट्रपति चुनावको विषयमा केन्द्रित भएर छलफल भएको हो । सिंहदरबारमा रहेको माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको छलफल निष्कर्षमा नपुगेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले कांग्रेससँगको पुरानो गठबन्धन बिउँताउने विषयलगायतका कुनै पनि विषयमा फाइनल नभएको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘राष्ट्रपतिको उम्मेदवार १३ गते त टुङ्गिहाल्छ नि ! पुरानो गठबन्धन बिउँताउने विषयमा केही पनि फाइनल भएको छैन ।’ यता अध्यक्ष नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको र भोलिसम्ममा टुङ्गोमा पुगिने बताउनुभयो । उहाँले आफूहरू देशको हित हुने विकल्पमा जाने पनि बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीतिक भेटवार्तालाई एकीकृत समाजवादीले पनि तीव्रता दिएको छ । प्रधानमन्त्री प्रचण्ड भने कांग्रेसलाई राष्ट्रपति बनाउन इच्छुक देखिनुभएको छ । राष्ट्रिय सहमतिका लागि पनि कांग्रेसलाई समेट्नुपर्ने भन्दै उहाँले कांग्रेस नेताहरूलाई राष्ट्रपति दिने वचन दिनुभएको बताइएको छ । त्यस्तै एमाले अध्यक्ष ओलीसँगको छलफललाई पनि प्रधानमन्त्रीले निरन्तरता दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com