ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पा–बुटवल सडक दैनिक आठ घण्टा बन्द हुने


एबीसी न्यूज

सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो । वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त बताउँनुहुन्छ । दिनरात गरेर फागुन १३ गतेदेखि १५ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुनेछ । सो समयावधिमा काम गरिने जनाइएको छ । सडक बन्द भएपछि अति आवश्यक पर्ने सवारी साधन, साना, हलुका गाडीलाई वैकल्पिक मार्गको रुपमा दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नतिपश्चात राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख रकममा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ । पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला बेलामा ठूलो हानीनोक्सानी हुने गरेको छ । पाल्पा, बुटवल, पोखरा, गुल्मी, स्याङ्जालगायतका जिल्लामा आवतजावत गर्ने यो महत्वपूर्ण राजमार्गको रुपमा लिइन्छ । यही सडकमा माथिबाट खसेको पहिराले बर्सेनि धेरैले ज्यान गुमाउनु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com