ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिको गुलियो ललिपप ओली बाँड्दै, माधव र बाबुराम प्रसादमा मखलेल


ABC NEWS

 

काठमाडौँ — राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता समीकरणमा फेरबदलको प्रयास भइरहेका बेला सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले चिरपरिचत प्रतिद्धन्द्धी माधव नेपाल र ओलीका अरुचिकर पात्र डा.बाबुराम भट्टराईलाई नयाँराष्ट्रपति पदको ललिपप दिएका छन् ।

मौजुदा गठबन्धनमा सामेल गर्न समेत तयार नभएका एमाले अध्यक्ष ओलीले आइतबार बेलुका माधव नेपालसँग दुई घण्टा लामो प्रशिक्षण सहित राष्ट्रपति बन्न प्रस्ताव गरेका छन् । माधव नेपालका एकजना सहयोगीका अुनसार ओलीले पहिले माधव नेपाललाई फोन गरेर बालकोट बोलाएका थिए । नेपालले बालकोट जान अस्वीकार गरेपछि एमाले महासचिव पृथ्वी सुव्वा गुरुङको संयोजनमा महाराजगन्जको एक निजी घरमा दुई नेताबीच भेटघाट भएको थियो । भेटमा पुराना कुरा विर्सेर नयाँ ढंगले अघि बढ्न ओलीले नेपाललाई सुझाव दिएका थिए । पृथ्वी सुव्वा गुरुङ  सहितका नेताहरुले माधव नेपालाई राष्ट्रपति बन्न र एकीकृत समाजवादीलाई एमालेमा विलय गर्न दबाव दिइरहेका छन् । माधव नेपाल राष्ट्रपति बन्ने कुरामा आश्वस्त भए आफ्नो पार्टीलाई एमालेमा विलय गर्न समते तयार देखिएका छन् ।

अझ रमाइलो त गत हप्ता डा.बाबुराम भट्टराईले आफैं ओलीसंग समय लिएर बालकोट पुगेका थिए । बालकोट बसाईमा भट्टराईले आफूलाई राष्ट्रपति बन्न सहयोग गर्न आग्रह गरेपछि ओलीले प्रचण्डलाई सहमत गराउनुस् मेरो तर्फबाट तपाइं नै राष्ट्रपतिको उमेद्वार हो भन्न पछि परेनन् ।

‘एमालेले समर्थन गर्छ भने तपाईंहरूले पनि गर्नुस्, राष्ट्रपतिको उम्मेदवारमा जतिसक्दो छिटो स्पष्ट निर्णय लिनुस भन्दै माधव नेपालले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । नेपालसँगको वार्तापछि प्रचण्डले पार्टी पदाधिकारी बैठकमा त्यबारे रिपोटिंग गरेका थिए।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले देशको हित गर्ने सन्दर्भमा  सबै गम्भीर हुनुपर्ने बताए । ‘संविधान र गणतन्त्रको रक्षाका लागि सजग हुनुपर्ने र गणतन्त्र जोगाउने कुरा अहिलेको आवश्यकता हो । तर हाम्रोतर्फबाट राजनीतिक मूल्यमान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता सम्भव छैन । यिनै कुराहरूलाई ध्यानमा राखेर कुराकानीहरू गर्छौ । कुरा गर्न चाहने र विचार मिल्न सक्नेसँग कुरा गर्छौ’, नेपालले मंगलबार दांगमा सञ्चारकर्मीहरुसंग बताए ।

प्रचण्डले पार्टी पदाधिकारी बैठकमा बताए अनुसार ओलीले सुरुका छलफलमा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र एमाले स्थायी कमिटी सदस्य गुरुराज बरालको नाम प्रस्ताव गर्दथे । ‘ओलीको मुख्य चाहना डोरमणि पौडेल र गुरु बराल मध्ये एक हो । ओलीले अघि सारेका नाम प्रचण्डले अस्वीकार गरेपछि उनले माधव नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाललाई छुट्टाछुट्टै भेटेर तपाईं नै राष्ट्रपतिको उम्मेदवार हो भन्नुभएछ । त्यसकारण परिस्थिति जटिल छ ।’

राष्ट्रपतिका लागि विभिन्न दलबाट धेरै आकांक्षी रहे पनि ठूलो दल कांग्रेसबाट नै राष्ट्रपति चयन हुने गरी राजनीतिक घटनाक्रम विकसित भएको उनको भनाइ छ । माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले भने स्वार्थ जोसँग मिल्छ, त्यससँग सहकार्य गर्ने निष्कर्ष पार्टीले निकालेको बताए । ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ । गणतन्त्र, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् । यी स्वार्थमा जोसँग मिल्छ, त्यससँग सहकार्य हुन्छ,’ एक माओवादी नेताले बताए ।

ओलीले दिएको ललिपपमा माधव नेपाल र बाबुराम भट्टराईले मुख मिठाए पनि लड्डु भने रामचन्द्र पौडेल र कृष्ण सिसटौलामध्ये एकले खाने निश्चित छ एक कांग्रेस नेताले बताए ।आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि कुल ५२ हजार ७ सय ७ मतभार छ । निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सांसदहरू मतदाता हुन्छन् । मतभारका हिसाबले कांग्रेस (१६,२२१), एमाले (१५,२३३) र माओवादी केन्द्र (७,७४५) क्रमशः पहिलो, दोस्रो र तेस्रो ठूलो दलका रूपमा छन् । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय ५४ मतभार आवश्यक पर्छ । कांग्रेस र एमाले एक ठाउँमा रहेको अवस्थामा बाहेक माओवादी केन्द्र निर्णायक छ । माओवादी यही मतलाई रणनीतिक रूपमा प्रयोग गर्ने प्रयासमा छ । तर माओवादी केन्द्रलाई पहिलो र दोस्रो ठूलो दलसँग मिलेको अवस्थामा पनि मधेसवादी वा अन्य साना दलको मत आवश्यक पर्छ । राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने र पार्टीको ह्वीप नलाग्ने भएकाले साना दलहरूको निर्णयले परिणामलाई प्रभावित गर्न सक्छ ।

राष्ट्रपति निर्वाचनका लागि एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४, राप्रपासँग २ हजार ४ सय ५०, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५ सय ८०, नागरिक उन्मुक्ति पार्टीसँग ८ सय ९२, जनमोर्चासँग २ सय ६, नेमकिपासँग २ सय २३, राष्ट्रिय सभामा मनोनीत सांसदसँग २ सय ३७ र स्वतन्त्र सांसदहरूसँग ९ सय ८८ मतभार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com