ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीक्षित विद्यार्थी भन्छन्– देशमै अवसर देऊ


एबीसी / संवाददाता

पोखरा, ९ फागुन । स्याङ्जाका सुशील पंगेनी व्यवसाय प्रशासनमा स्नातकोत्तर हुन् । पोखरा विश्वविद्यालयबाट उपाधि हासिल गरेका उनी सोमबार आयोजित अठारौँ दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दीक्षित भए ।

पंगेनीले व्यवस्थापन संकायतर्फ सर्वोत्कृष्ट अंक प्राप्त गरी ‘कुलपति पदक’समेत प्राप्त गर्नुभयो । दीक्षान्त समारोहमा हँसिलो मुद्रामा भेटिएका उनले नेपालमै केही गर्ने सोच रहेको सुनाए । पंगेनीको पहिलो रोजाइ भने बैंकिङ सेवा हो ।

“राष्ट्र बैंकका लागि लोकसेवा तयारी गरिरहेको छु”, उनले भने, “विदेश जाने त्यस्तो कुनै सोच बनाएको छैन, सरकारी सेवामा पनि जागिरको अवसर छ, त्यसमै लागिरहेको छु ।” उच्च शिक्षा हासिल गरेका विद्यार्थीका लागि स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने पंगेनीले बताए ।

उनले दक्ष जनशक्ति स्वदेशमै रहने वातावरण सिर्जना गर्ने मुख्य दायित्व सरकारको रहेको बताए । उपयुक्त वातावरण र रोजगारीको अवसर पाए कोही पनि नेपालीले विदेश ताक्नु नपर्ने उनको भनाइ छ ।

उनले झैँ अधिकांश दीक्षित विद्यार्थीले लोकसेवा पढेर सरकारी जागिरमा प्रवेश गर्ने इच्छा रहेको सुनाए । काठमाडौँकी श्रिया रिजाल पनि व्यवस्थापन विषयमै स्नातकोत्तर हुन् । उनले पनि बैंकिङ, परराष्ट्र सेवाजस्ता क्षेत्रमा अवसर खोजिरहेको बताइन् । “अवसर पाएसम्म विदेश किन जाने ?, यहीँ बस्ने वातावरण सरकारले बनाउनुपर्छ”, उनले भनिन् ।

उच्च शिक्षा पढेर पनि जागिर नपाउने स्थितिको अन्त्य गर्नुपर्ने रिजालले बताइन् । स्वास्थ्य विज्ञान संकायतर्फ फर्मास्यूटिकल साइन्समा स्नातक पोखरा–७ का जगदिश पौडेलले रोजगारी सिर्जनाका लागि स्वास्थ्य पूर्वाधारमा राज्यले लगानी बढाउनुपर्ने बताए । “औषधि उत्पादन, वितरणदेखि धेरै विषयहरू योसँग जोडिएको छ”, उनले भने, “सरकारले स्वास्थ्य संस्थामा रोजगारीको कोटा पनि थप्नुपर्छ, त्यो भयो भने हामीले पनि अवसर पाउँछौँ ।”

प्राविधिक विषयमा ठुलो शैक्षिक जनशक्ति उत्पादन भइरहे पनि नेपालले टिकाउन नसकेको पौडेलले बताए । “पढाइमा परिवारको ठुलो लगानी परिरहेको हुन्छ, शैक्षिक उपाधि लिन उस्तै मेहनत गर्नुपर्छ, तर रोजगारीको सुनिश्चितता छैन”, उनले भने, “भविष्यको खोजीमा बाहिर जानु नेपालीको बाध्यता हो ।”

उनले राजनीतिक नेतृत्व र राज्य संयन्त्रले शैक्षिक जनशक्तिको पलायनलाई रोक्न उचित नीति र कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । व्यवसाय प्रशासनमा स्नातक चितवनकी आस्था मगर पनि लोकसेवाको तयारीमा छन् । उनलाई पनि राष्ट्र बैंकको जागिरे बन्ने ठुलो रहर छ ।

“जागिरको तयारीसँगै आफ्नो अध्ययनलाई पनि अगाडि बढाइरहेकी छु, विदेश जाने कुनै सोच अहिलेसम्म छैन, पाएसम्म नेपालमै अवसर खोज्ने हो, नत्र विकल्प त अपनाउनै पर्छ”, उनले भने, “मेरो परिवारको पनि सरकारी जागिरमै बढी जोड छ ।” देशमै काम गर्ने उपयुक्त वातावरण भए विदेश जानै नपर्ने मगरले बताए ।

विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले शैक्षिक जनशक्ति राष्ट्रनिर्माणका लागि महत्पूर्ण स्रोत भएको बताए । दीक्षान्त समारोहमा उनले विश्वविद्यालयले देशको सर्वाङ्गीण विकासका लागि चाहिने ज्ञान र सीपयुक्त जनशक्ति तयार गरिरहेको उल्लेख गरे । “शिक्षाले सभ्य समाजको निर्माण गरी देशलाई विकास र प्रगतितर्फ उन्मुख गराउँछ, शिक्षित दक्ष जनशक्तिको अभावमा देशले लक्षित प्रगति हासिल गर्न सक्दैन”, उपकुलपति प्राडा अर्यालले भने ।

उनले विश्वविद्यालयबाट विभिन्न तहमा उपाधि प्राप्त गरी दीक्षित भएका विद्यार्थीहरूलाई राष्ट्रनिर्माण र परिवर्तनको संवाहकका रुपमा काम गर्न आग्रह गरे । “आर्जित ज्ञान र सीपलाई देश विकास र आफ्नो सफल भविष्य निर्माणका लागि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ”, उनले भने ।

विसं २०५४ सालमा स्थापना भएको पोखरा विश्वविद्यालयका ६६ वटा महाविद्यालयहरूमा प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हुँदै आएको छ । दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उतीर्ण विद्यार्थीहरूलाई उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीक्षित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com