ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति बाइडेन अचानक युक्रेनमा


एबीसी न्यूज
फाल्गुन ८, २०७९ सोमबार  ९ : ४२ बजे

काठमाडौं, ८ फागुन । रुस–युक्रेन युद्धको वर्ष दिन पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले सुटुक्क युक्रेनको भ्रमण गरेका छन् ।बाइडेन पोल्याण्डबाट रेल चढेर शनिबार युक्रनको राजधानी किभ पुगेर फर्किसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पोहोर २४ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण थालेको थियो । त्यसयति अमेरिकी राष्ट्रपतिको यो पहिलो युक्रेन भ्रमण हो ।अमेरिकाले बाइडेनको युक्रेन भ्रमणको तयारी धेरै पहिलादेखि नै गरिरहेको थियो । तर गत शुक्रबार मात्र निर्णय भएको हो । सुरक्षाका कारण भ्रमण गोप्य राखिएको थियो ।

भ्रमण पूरा भएपछि अमेरिकाले यसबारेमा रुसलाई पनि जानकारी दिइसकेको ह्वाइट हाउसले जनाएको छ । बाइडेनको भ्रमणले युक्रेनी नागरिक र सेनाको मनोबल बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले लेखेको छ, ‘आइतबार राति ह्वाइट हाउसले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार राष्ट्रपति सोमबार ह्वाइट हाउसमा हुनेछन् र बेलुकी बार्सा प्रस्थान गर्ने छन्, तर बाइडेनले बार्सा जानुअघि नै आफ्नो आधा यात्रा पूरा गरिसकेका छन् ।’

पूर्वघोषित कार्यक्रम अनुसार बाइडेनको ३ दिने पोल्याण्ड भ्रमण सोमबार राति सुरु हुँदै छ र उनी मंगलबार बिहान बार्सा पुग्ने छन् । पोल्याण्डमा समकक्षी एन्द्रेज दुदासँग उनले युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने छन् ।

अमेरिकाले युक्रेनलाई अहिलेसम्म ३० अर्ब डलर बराबरको सहयोग गरेको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको यही फेब्रुअरी २४ मा एक वर्ष पूरा हुँदैछ । तर अझै पनि युद्ध सकिने सङ्केत देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com