ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रासस अझ विश्वसनीय र भरपर्दो सञ्चारमाध्यमका रुपमा स्थापित हुनुपर्छ : सञ्चारमन्त्री शर्मा


एबीसी / संवाददाता
फाल्गुन ७, २०७९ आईतबार  ७ : ४७ बजे

काठमाडौँ, ७ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति समयानुकूल अझ विश्वसनीय, सशक्त र प्रभावकारी समाचार स्रोतका रुपमा प्रस्तुत हुनुपर्ने बताएकी छन् ।

राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै उनले सूचना प्रविधि र पाठकको रुचिमा आएको परिवर्तनलाई आत्मसात् गर्दै सेवाग्राहीको सङ्ख्या वृद्धि गर्ने, उपलब्ध जनशक्ति र भौतिक सम्पत्तिको अधिकतम् सदुपयोग गर्नुका साथै आम्दानी वृद्धि गरी आफूलाई आत्मनिर्भर बनाउन ध्यान दिनुपर्ने बताइन् ।

उनले आफ्ना नीति तथा कार्यक्रमका साथ सूचना प्रविधिलाई अधिकतम् उपयोग गरी आफ्नो सेवालाई विविधीकरण र व्यावसायिककीकरण गर्दै रासस अझ विश्वसनीय र भरपर्दो सञ्चारमाध्यमका रुपमा स्थापित हुन सकोस् भनी कामना गरेकी छन् । मन्त्री शर्माले राससलाई प्रभावकारी सञ्चारमाध्यमका रुपमा विकास गर्न आवश्यकपर्ने साधनस्रोत उपलब्ध गराउन र कर्मचारीको उत्प्रेरणा तथा वृत्तिविकासमा सरकारबाट सहयोग हुने विश्वास दिलाइन् ।

सरकार सञ्चारमाध्यमसँग सम्बन्धित र सरोकारवाला सबैसँग सहकार्य गर्दै यससँग सम्बिन्धत कानुनमा समसामयिक सुधार गरी संघीयताको मर्म र भावनालाई स्थानीय तहसम्मै अनुभूति गर्नेगरी संशोधन, परिमार्जन र नयाँ बनाउन लागिपरेको उनको भनाइ छ ।

मन्त्री शर्माले नेपाली सञ्चार क्षेत्रमा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिक द्वेष फैल्याउने कार्यमा निणन्त्रण गर्न सञ्चार सम्बद्ध सबै पक्षको सकारात्मक सहयोगका लागि आह्वान समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com