ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सही सूचना प्रवाहका लागि राससको भूमिका अझै बढेको छ : उपराष्ट्रपति पुन


एबीसी / संवाददाता
फाल्गुन ७, २०७९ आईतबार  ७ : १७ बजे

काठमाडौँ, ७ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनतामा सही सूचना प्रवाहका लागि राष्ट्रिय समाचार समिति (रासस)को दायित्व र भूमिका अझै बढेको बताएका छन् ।

आफ्नो गौरवमय ६२औँ वार्षिकोत्सवका अवसरमा उपराष्ट्रपति पुनले एक शुभकामना सन्देश दिँदै उनले राससले आफ्नो सेवाहरू समयसापेक्ष परिमार्जन र विविधिकरण गर्दै विश्वसनीयतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले सन्देशमा अगाडि भने, “राससलाई अझ सशक्त, प्रभावकारी र सुदृढ बनाउन नेपाल सरकारको सहयोग अझै बढ्ने विश्वास लिएको छु ।” आजको युग सूचना र प्रविधिको हो भन्दै उपराष्ट्रपति पुनले सन्देशमा भनेका छन्, “सूचनाको शक्ति अरूसँग तुलना हुन सक्दैन । जहाँका जनता सही सूचनाबाट सुसूचित हुन्छन्, त्यहाँका जनता शक्तिशाली हुन्छन्, सुशासन हुन्छ र लोकतन्त्र बलियो हुन्छ ।”

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाज र राष्ट्रको मुलभूत आधार हो भन्दै उपराष्ट्रपतिले संविधानमा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित रहेको तथ्य स्मरण गराए । उपराष्ट्रपतिले संविधानमा उल्लेखित देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियतालगायतका विषयमा सञ्चार जगत्को भूमिका र पत्रकार आफैँले बनाएको आचारसंहितालाई पूर्णरूपमा ध्यान दिँदै पत्रकारिता क्षेत्रले सही सूचना प्रवाह गर्नुपर्दछ भने ।

उपराष्ट्रपतिले सन्देशमा भनेका छन्, “संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रतको अधिकार प्रयोग गर्दै भ्रष्टाचार न्यूनीकरण, विकृति, विभेदको अन्त्य तथा जनताको अधिकार, समानता, स्वतन्त्रताका लागि राज्यलाई निरन्तर खबरदारी गरेर सञ्चार क्षेत्रले विवेकले भरिएको प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्दछ । साथै संविधानको कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दिगो विकास, आर्थिक समृद्धि, सामाजिक सद्भाव र बलियो राष्ट्रिय एकताका लागि सञ्चार क्षेत्र जिम्मेवार भूमिकामा हुनुपर्दछ ।”

नेपाली पत्रकारिताको उन्नयन तथा सत्य, तथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र औपचारिक सूचना शीघ्र प्रवाह गरेर जनतालाई सुसूचित गर्नेमा राज्यको स्वामित्वमा रहेको राससको विशिष्ट भूमिका रहेको उपराष्ट्रपतिको भनाइ छ ।

उपराष्ट्रपति पुनले सन्देशमा अगाडि भने, “आज देशैभरका सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गर्ने महत्वपूर्ण समाचार सामग्री राससबाट उत्पादित छन् । यो राससले कमाएको विश्वसनीयताले हो ।” उनले मातृ तथा अन्य भाषामा पनि समाचार सामग्री उत्पादन गर्न आग्रह गरे । नेपाल बुहभाषिक मुलुक भएको र दर्जनौँ भाषाका सञ्चारमाध्यम सञ्चालनमा रहेको तथ्य पेस गर्दै उपराष्ट्रपति पुनले भनेका छन्, “मातृ तथा अन्य भाषामा पनि समाचार सामग्री उत्पादन होओस्, जसबाट मातृ तथा अन्य भाषाको पत्रकारितालाई सहज होओस् र हाम्रो भाषाको संरक्षणमा पनि योगदान पुगोस् ।”

उपराष्ट्रपतिले जनआन्दोलनमार्फत् सार्वभौम नेपालीले निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण दिन प्रजातन्त्र दिवस–२०७९ को समेत सबैमा शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com