काठमाडौँ, ६ फागुन । कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाका अनुसार उक्त परीक्षामा ३ हजार ४५३ उत्तीर्ण भएका छन् ।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन गत माघ १८ देखि फागुन ५ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि कोरियन भाषा परीक्षा लिइएको थियो ।
परीक्षामा सहभागी १० हजार ३९८ जनामध्ये ३ हजार ४५३ परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीको फागुन ८ गते भैँसेपाटीमा सीप परीक्षण हुने इपिएसले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्