ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोर्खाल्यानण्डका नेता काठमाडौबाटै बेपत्ता


एबीसी न्यूज

काठमाडौँ,१३ माघ । गोर्खाल्यान्ड आन्दोलनमा संलग्न नेता चार दिनदेखि काठमाडौंबाट अपहरण शैलीमा बेपत्ता पारिएका छन्। धापासीस्थित काका ससुरा प्रकाशचन्द्र मुखियाको घरमा आएका बेला गोर्खाल्यान्ड टेरेटोरियल एडमिनिस्ट्रेसन (जीटीए) को बोर्ड सदस्य सञ्जय थुलुङलाई अपरिचित समूहले वसुन्धराबाट बेपत्ता बनाएको हो।


काका ससुरा मुखियाले अज्ञात समूहले आफ्नी पत्नी सविता राईलाई समेत दुव्र्यवहार गरेको बताए। उनी गोर्खा जनमुक्ति मोर्चाको युवा संगठन गोर्खा जनमुक्ति युवा मोर्चाका पूर्वकेन्द्रीय उपाध्यक्षसमेत थिए। गाडीमा आएका अज्ञात व्यक्तिहरूले आफूहरू नेपाल प्रहरी भएको बताएको सवितालाई उद्धृत गर्दै मुखियाले जानकारी दिए। उनका अनुसार ज्वाईंको बेपत्ताबारे प्रहरी मुख्यालयमा समेत जानकारी गराइएको छ। ‘तर, घटनामा आफ्नो संलग्नता नरहेको प्रहरीले दाबी गरेको छ,’ मुखियाले भने, ‘कसले कहाँ बेपत्ता बनायो थाहै पाउन सकिएन।’

अपरिचित समूहले थुलुङकी काकी सासू सविता राई मुखियालाई कतारबाट दाइले पठाएको सामान लिन आउनू भन्दै बोलाएका थिए। उनीहरूले राईलाई नियन्त्रणमा लिएर ज्वाईं सञ्जयलाई बोलाउन दबाब दिएका थिए। सविताले फोन गरेको केही समयपछि वसुन्धराको श्रीटोल पुगेका सञ्जयलाई हतियारधारी समूहले लगेर बेपत्ता बनाएको हो। स्रोतले नेपाल प्रहरीकै सहयोगमा भारतीय प्रहरीले थुलुङलाई पक्राउ गरेको हुन सक्ने दाबी गरेको छ।

सन् २०१४ नोभेम्बर १८ मा नागाल्यान्ड र पश्चिम बंगालको सिमाना दिमापुरबाट गाडीमा दाजिर्लिङ लैजाँदै गरेको हतियारसहित उमेश कामी र गणेश क्षत्री पक्राउ परेका थिए। अभियुक्तहरूले उक्त हतियार थुलुङकै भएको बयान दिएपछि उनी बेपत्ता भएका थिए। यो घटनापछि गोर्खा जनमुक्ति मोर्चाले उनलाई जीटीए बोर्ड सदस्य र युवा मोर्चाको उपाध्यक्षबाट निष्कासन गरेको थियो। त्यही बेलादेखि भारतीय केन्द्रीय अनुसन्धान विभाग सीआईडी ले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो।

भारतीय प्रहरीले थुलुङमाथि गोर्खाल्यान्डमा सशस्त्र विद्रोह गर्न हतियार ल्याएको र असमको सशस्त्र समूहसँगको मिलेमतोमा १५ जना गोर्खाल्यान्ड पर्सनल जीएलपी हरूलाई हतियार चलाउने तालिम आरोप लगाएको छ। नेपाल प्रहरीले पनि थुलुङ पक्राउबारे जानकार भएको बताएको छ। नेपाल प्रहरीको प्रधान कार्यालय पनि यस विषयमा जानकार रहेको प्रहरी स्रोत बताउँछ।

महाराजगन्ज वृत्तले जानकारी पाएपछि काठमाडौं प्रहरी परिसरलाई जानकारी गराएको थियो। तर प्रहरीसँग यसबारे सूचना माग्दा प्रहरी मुख खोल्न चाहँदैन। परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले भने, ‘के भएको हो हामी बुझ्ने क्रममा छौं।’आजको कान्तिपुरमा खवर छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com