ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोर्खाल्यानण्डका नेता काठमाडौबाटै बेपत्ता


एबीसी न्यूज
माघ १३, २०७४ शनिबार   १० : ३०   बजे

काठमाडौँ,१३ माघ । गोर्खाल्यान्ड आन्दोलनमा संलग्न नेता चार दिनदेखि काठमाडौंबाट अपहरण शैलीमा बेपत्ता पारिएका छन्। धापासीस्थित काका ससुरा प्रकाशचन्द्र मुखियाको घरमा आएका बेला गोर्खाल्यान्ड टेरेटोरियल एडमिनिस्ट्रेसन (जीटीए) को बोर्ड सदस्य सञ्जय थुलुङलाई अपरिचित समूहले वसुन्धराबाट बेपत्ता बनाएको हो।


काका ससुरा मुखियाले अज्ञात समूहले आफ्नी पत्नी सविता राईलाई समेत दुव्र्यवहार गरेको बताए। उनी गोर्खा जनमुक्ति मोर्चाको युवा संगठन गोर्खा जनमुक्ति युवा मोर्चाका पूर्वकेन्द्रीय उपाध्यक्षसमेत थिए। गाडीमा आएका अज्ञात व्यक्तिहरूले आफूहरू नेपाल प्रहरी भएको बताएको सवितालाई उद्धृत गर्दै मुखियाले जानकारी दिए। उनका अनुसार ज्वाईंको बेपत्ताबारे प्रहरी मुख्यालयमा समेत जानकारी गराइएको छ। ‘तर, घटनामा आफ्नो संलग्नता नरहेको प्रहरीले दाबी गरेको छ,’ मुखियाले भने, ‘कसले कहाँ बेपत्ता बनायो थाहै पाउन सकिएन।’

अपरिचित समूहले थुलुङकी काकी सासू सविता राई मुखियालाई कतारबाट दाइले पठाएको सामान लिन आउनू भन्दै बोलाएका थिए। उनीहरूले राईलाई नियन्त्रणमा लिएर ज्वाईं सञ्जयलाई बोलाउन दबाब दिएका थिए। सविताले फोन गरेको केही समयपछि वसुन्धराको श्रीटोल पुगेका सञ्जयलाई हतियारधारी समूहले लगेर बेपत्ता बनाएको हो। स्रोतले नेपाल प्रहरीकै सहयोगमा भारतीय प्रहरीले थुलुङलाई पक्राउ गरेको हुन सक्ने दाबी गरेको छ।

सन् २०१४ नोभेम्बर १८ मा नागाल्यान्ड र पश्चिम बंगालको सिमाना दिमापुरबाट गाडीमा दाजिर्लिङ लैजाँदै गरेको हतियारसहित उमेश कामी र गणेश क्षत्री पक्राउ परेका थिए। अभियुक्तहरूले उक्त हतियार थुलुङकै भएको बयान दिएपछि उनी बेपत्ता भएका थिए। यो घटनापछि गोर्खा जनमुक्ति मोर्चाले उनलाई जीटीए बोर्ड सदस्य र युवा मोर्चाको उपाध्यक्षबाट निष्कासन गरेको थियो। त्यही बेलादेखि भारतीय केन्द्रीय अनुसन्धान विभाग सीआईडी ले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो।

भारतीय प्रहरीले थुलुङमाथि गोर्खाल्यान्डमा सशस्त्र विद्रोह गर्न हतियार ल्याएको र असमको सशस्त्र समूहसँगको मिलेमतोमा १५ जना गोर्खाल्यान्ड पर्सनल जीएलपी हरूलाई हतियार चलाउने तालिम आरोप लगाएको छ। नेपाल प्रहरीले पनि थुलुङ पक्राउबारे जानकार भएको बताएको छ। नेपाल प्रहरीको प्रधान कार्यालय पनि यस विषयमा जानकार रहेको प्रहरी स्रोत बताउँछ।

महाराजगन्ज वृत्तले जानकारी पाएपछि काठमाडौं प्रहरी परिसरलाई जानकारी गराएको थियो। तर प्रहरीसँग यसबारे सूचना माग्दा प्रहरी मुख खोल्न चाहँदैन। परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले भने, ‘के भएको हो हामी बुझ्ने क्रममा छौं।’आजको कान्तिपुरमा खवर छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group