ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारीको ‘हब’ बन्दै बझाङको जुजी


abc

काठमाडौं,५ फगुन । बझाङ, ५ फागुन ९रासस० : दुर्गाथली गाउँपालिका जुजीका सिद्धराज खाती अचेल हरेक दिन बारीमै देखिनुहुन्छ । बारीको रेखदेख उहाँको नियमित जिम्मेवारी नै हो । घरको आँगनदेखि बजारसम्मै उहाँ भएको ठाउँमा तरकारीकै गफ हुन्छ । उहाँ तरकारी लगाउने तरिका, बीउबिजनदेखि माटो परीक्षणसम्मका कुरा आफन्तलाई सुनाइहाल्नुहुन्छ ।

खाती तरकारी कृषक भनेर चिनिन थालेको धेरै समय भएको छैन । दुई/तीन वर्षमै तरकारी उत्पादन गर्ने भएपछि उहाँ फरक तरिकाले चिनिन थाल्नुभयो । छोटो समयमा राम्रो उत्पादन गर्न थालेपछि व्यावसायिक कृषकको पहिचान बनाउन उहाँ सफल हुनुभएको छ ।

जुजीमा खाती मात्रै नभई गाउँका अधिकांश कृषक नै व्यावसायिक बनिरहनुभएको छ । मौसमअनुसार दुई बाली मात्रै उत्पादन गर्दै आउनुभएका जुजीवासी अहिले हरेक मौसममा तरकारी फलाइरहनुभएको छ ।

“विगतका वर्षमा मङ्सिरमा गहुँ हरियाली भइसक्थ्यो”, कृषक वीरदन रावलले भन्नुभयो, “अहिले भने हतार पनि छैन, घाटा होला भन्ने पनि छैन, मौसमअनुसार बिस्तारै तरकारीका लागि मेहेनत गर्ने हो, नतिजा राम्रै आइरहेको छ ।” रावलका अनुसार जुजी जिउलोमा उहाँको करिब तीन रोपनी जमिनमा तीन बोरा जति नै गहुँ फल्थ्यो ।

“हामीलाई खान त त्यसले पनि पुगिहाल्थ्यो, तर अहिले तरकारी सुरु गरेपछि भने त्यो खेतमा दुई वर्षसम्मै खान पुग्छ”, रावलले भन्नुभयो । गएको वर्ष औलादेवी रावलको तीन रोपनी खेतमा १६ बोरा आलु फलेको थियो । “गहुँ लगाएको भए तीन/चार बोरा नै हुन्थ्यो”, उहाँले भन्नुभयो, “आलु लगाउँदा आफूलाई तरकारी खानसहित रु २० हजारभन्दा बढी बचत नै भयो ।” अहिले जुजीका कृषक तरकारीमा निकै रमाएका छन् ।

परम्परागत रैथाने बालीभन्दा झन्डै दसौँ गुणा तरकारीले फाइदा गर्ने भएपछि खेती बदलेको उहाँले बताउनुभयो । “सुरुका वर्षमा त सबैले एकै किसिमको तरकारी रोप्यौँ, त्यसले बजार खासै पाएन”, रावलले भन्नुभयो, “दोस्रो वर्षदेखि फरक–फरक तरकारी फलाउन थालेपछि बिक्री पनि राम्रै भयो, आफूलाई तरकारी बाँडेर खान पनि सजिलो भयो ।”

तराईको जस्तै उत्पादन हुने जिउलोमा खेत भएका कुनै कृषकले पनि भोकमरी झेल्नु परेन । गहुँ र धानका लागि प्रख्यात जुजी जिउलो गत वर्ष यता भने तरकारीको ‘हब’ बन्दै गएको छ । आलु, टमाटर, गोलभेडा, प्याज, भेँडेखुर्सानी, लसुन, पिँडालु प्रशस्तै मात्रामा उत्पादन हुन थालेपछि कृषि ज्ञान केन्द्रले पनि जुजीलाई ‘नमुना तरकारी गाउँ’ भनेर नामाकरण गरेको छ ।

“सिँचाइको अभावले जुजी जिउलोमा हिउँदेबाली सोचेजस्तो उत्पादन हुँदैन, सिँचाइ नपुग्ने भएपछि आकासे पानीको भर पर्नु पर्छ, आकासे पानी, हिउँ परे त खासै समस्या हुँदैन, तर त्यो पनि नभए लगाएको बाली सुकेर जान्छ, सानो पानी जिउलोभरि छर्कन पनि पुग्दैन”, खाती भन्नुहुन्छ ।

उहाँका अनुसार खोलाबाट ल्याएको पानी हिउँदमा कुलो नजिक खेत भएकालाई मात्रै सिँचाइ हुन्छ । सिँचाइका लागि अनुदानमा कृषि ज्ञान केन्द्र र पालिकाले ट्याङ्की बनाउने तयारी गरिरहेको छ । “तरकारीको बीउ, प्राविधिक, ढुवानी खर्च, बजार त दियौँ”, कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले भन्नुभयो, “सिँचाइको अभावले सोचेजति कृषकले उत्पादन गर्न सक्नुभएको छैन, हामीसँग सिँचाइका लागि पर्याप्त बजेट पनि हुँदैन, त्यसैमा सके जति कृषकलाई मर्का नपर्ने गरी सहयोग गरिरहेका छौँ ।”

पालिकाले पनि जुजी जिउलोको सिँचाइका लागि ठूलो ट्याङ्की बनाएर जिउलोभरलाई पानी पुर्‍याउन जुटेको बताएको छ । गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्यालले भन्नुभयो, “जुजी जिउलोमा पर्याप्त पानी ल्याउन सके अन्नको भण्डार जस्तै तरकारीको हब बन्ने थियो ।”

उहाँका अनुसार अहिले पनि मौसमअनुसार जिउलोभर धेरैलाई पुग्ने तरकारी उत्पादन भइरहेको छ । “जुजीमा पानीका लागि नजिक मुहान पनि छैन”, उहाँले भन्नुभयो, “टाढाबाट पानी ल्याउँदा खर्च धेरै नै हुन्छ, त्यसका लागि तयारीमा पनि जुटेका छौँ ।” सिँचाइका लागि पालिका, प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्दै लगानीको जुटाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

सम्बन्धित

हुम्लामा खाद्यान्न अभाव

राष्ट्रियसभा बैठक सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ अर्थमन्त्री डा महत

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com