ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राष्ट्रपति कांग्रेसबाट बनाएर पूरै पाँच वर्ष प्रधानमन्त्रीमा प्रचण्ड’


ABC NEWS

 

काठमाडौं ५ फागुन । नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र० ले राष्ट्रपति निर्वाचनमा समर्थन गरे पूरै पाँच वर्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने संकेत गरेको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले समर्थन गरे कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका हुन्।

उनले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने बताए। महतले संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भएको बताए।

राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरु एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न उनले आग्रह गरे।महतले राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्ने गौण रहेको बताउँदै संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने प्रमुख रहेको बताए।

उनले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्ने कुरालाई ध्यान दिन जरुरी रहेको बताए।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्णकालका लागि निरन्तरता दिनुपर्ने बताए।

महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने बताए।

‘अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुन्छ । संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ । किनभने अहिले वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैनु, उनले भने, ‘एमाले र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसदको पहिलो बैठकमा नै संसद विघटनको विषयलाई मुल विषय बनाउनु भयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्वपूर्ण भएको छ । राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरु छन् ती एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनु पर्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेटले आर्थिक संकट देखायो, समाधान दिएन : ओली

नयाँ बजेटमार्फत सरकारले कर छुट र सहुलियत दिएका क्षेत्रहरु

सम्बन्धित

बजेटले आर्थिक संकट देखायो, समाधान दिएन : ओली

नयाँ बजेटमार्फत सरकारले कर छुट र सहुलियत दिएका क्षेत्रहरु

यी २० संस्था खारेज गर्ने सरकोको घोषणा (सूची)

प्रधानमन्त्री प्रचण्डले संसदलाई भारत भ्रमणको जानकारी दिए, सरकारी टोली ५० सदस्यीय,निजी क्षेत्रका गरी ८८ जना

बजेट हाइलाइट्स : बद्नामा सांसद विकास कोष देखि गाँजा खेतीको अध्ययन, १ सयमा कम्पनी दर्ता लगायत

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट : अघिल्लो भन्दा ४२ अर्बले घट्यो, के के थपिए के घटे ? (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com