ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भारतका एकजना सचिव आउँदा पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरू र सबै नेताहरु लम्पसार परे’ : चित्रबहादुर केसी


ABC NEWS

 

‘

काठमाडौँ ३ फागुन । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपाली सरकार प्रमुखहरू विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको आरोप लगाएका छन् ।

‘एक–दुई दिन पहिलो छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो । एउटा कर्मचारीस उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विभिन्न मानिसहरूको बीचमा भेटघाटको अभियान नै चलाउनुभयो । राष्ट्र सानो–ठूलो हुन सक्छ । निश्चय पनि नेपालको तुलनामा भारतको भूगोल, जनसंख्या, आर्थिक दृष्टिकोणले ठूलो छ । तर सार्वाभौमसत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो–ठूलो हुँदैन‚’ केसीले भने ।

सांसद केसीले भारतका सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको भन्दै गुनासो गरे ।
केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमा नै भूमिका खेलेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बुधबार बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । उनले शक्ति राष्ट्रहरूले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकूल भूमिका खेलिरहेको बताए । उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि पुगिरहेको आरोप लगाए ।

‘सार्वभौम सत्ता हरेक राष्ट्रको बराबर हुन्छ तर नेपालबाट पूर्वप्रधानमन्त्रीहरू वा जिम्मेवार मन्त्रीहरू जाँदा भारतीय शासकहरूले, खास गरेर उपल्लो तहका शासकहरूलाई भेट्नै सक्दैनन् । उहाँहरू निराश भएर फर्किनुपर्छ । तर‚ छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरू आफूलाई असाध्यै जान्नेसुन्ने र देशको स्वाभिमान हुँ भन्दै मुन्टो हल्लाउँदै हिँड्ने, किन यसरी विदेशीहरूको अघि लम्पसार परिरहेका छन्, राष्ट्रिय स्वाभिमानबारे उहाँहरूलाई अलिकति लाज लाग्दैन‚’ उनले भने ।

नेपालमा राष्ट्रपति कसलाई बनाउने भन्ने अहिलेको चर्चाको विषय भएको भन्दै उनले अगाडि भने‚ ‘त्यस सम्बन्धमा शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावलाई अप्रत्यक्ष रुपले हेर्ने गर्दथे । अहिले त प्रत्यक्ष रुपमै आफ्नो देशको अनुकूल मान्छेलाई राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान‚ राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल पुर्‍याइरहेको छ ।’

विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउनेतर्फ लाग्दा यसले राष्ट्रको स्वाभिमान, इज्जतमाथि खलल पुग्ने सांसद केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com