काठमाडौं, १३ माघ । काठमाडौंबाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ ८ पोर्तहामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ५ जना घाइते छन् ।
मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाचथर रवि छ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्