ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक : सहकार्यको समीक्षा


ABC NEWS

 

 

काठमाडौँ १ फागुन । दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।

परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच आज सोमबार मध्यान्ह भएको प्रतिनिधीमण्डलस्तरीय वार्तामा दुई देशको सहकार्यका अलावा बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीचको उपक्षेत्रीय सहकार्यबारे पनि कुराकानी भएको हो। बीबीआइएन उपक्षेत्रीय पहल भनिने उक्त मञ्चले कनेक्टिभिटी, विद्युत् व्यापार र आर्थिक क्षेत्रमा सहकार्य गर्न जोड दिँदै आएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतका विदेश सचिवबीच कनेक्टिभिटी, व्यापार तथा पारवहन, जलविद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य र जनस्तरको संबन्धका क्षेत्रमा जारी सहकार्यको समीक्षा भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।

द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित थियो ।

भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार त्यसलगत्तै उनीहरु याक एन्ड यति होटलमा द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com