ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनभित्र राष्ट्रपतिको उमेद्वार बारे समस्या नभएको भन्दै रास्वपालाई सरकारमा आउन आग्रह :  उच्चस्तरीय संयन्त्र बैठक


ABC NEWS
माघ २९, २०७९ आईतबार  १२ : ४८ बजे

 

काठमाडौं २९ । पुस १० गते सात दलीय गठबन्धनबीच भएको सहमतिअनुसार गृहमन्त्रालय नदिएको भन्दै बाहिरिएको रास्वपालाई सरकारमा ल्याउनेबारेमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल भएको छ । गत माघ २२ गते बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा फर्काउने प्रयास सुरु भएको छ।

माघ १३ गतेको सर्वोच्च अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछानेले सांसददेखि मन्त्री पदसमेत गुमाएका थिए ।

तर, नागरिकता र राहदानी विवाद कायमै रहेका बेला उनले गृहमै फर्किन खोज्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएका थिएनन्।

प्रधानमन्त्री रविलाई गृहमा ल्याउन तयार नभएपछि माघ २२ मा रास्वपाले अन्य तीन मन्त्रीलाई फिर्ता ल्याउँदै सरकार छाडेको थियो। यस्तोमा संयन्त्र संयोजक केपी शर्मा ओलीले रास्वपालाई सरकारमै फर्काउन जोड दिइरहेका छन्।तर प्रधानमन्त्री प्रचण्ड रास्वपलाई गृहबाहेक अरु मन्त्रालय दिएर ल्याउन समस्या नहुने पक्षमा छन्। उनले आफूले नछाड्नु भन्दा भन्दै हतारमा रास्वपाले सरकारले छाडेको बताइरहेका छन्।

यस्तोमा आइतवार बालुवाटारमा बसेको संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा फर्काउनेबारे कुरा भएको संयन्त्र सदस्य एवम् उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए।

आजको संयन्त्र बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे कुरा भएको छु, उनले भने, ुउपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ भन्ने हाम्रो निष्कर्ष हो।

ऊर्जा मन्त्रीसमेत रहेका उनले भावी राष्ट्रपतिको विषयमा गठबन्धन दलमा असमझदारी नभएको बताए।

पुुबैठकमा अहिलेसम्म सरकारले गरेका काम कारबाहीबारे समीक्षा भयो। कहाँ कहाँ कमजोरी भए, त्यसलाई सच्याएर लैजाने कुरा भयो,  उनले भने, केही असमझदारी भएमा नियमित रुपमा भेटघाट बढाएरर मिलाउँदै लैजाने कुरा भएको छ।

लिङ्देनले राष्ट्रपति निर्वाचनबारे बाहिर आएका कुराहरु भ्रमपूर्ण रहेको पनि बताएका छन्। राष्ट्रपतिबारेमा बाहिर आएका कुराहरु भ्रमपूर्ण छन्, उनले भने, यो सरकार निर्माणका क्रममा जुन सहमति गरेका थियौँ, त्यसमा कुनै बिमत्ति छैन। त्यस सहमतिमा परिवर्तन गर्नुपर्यो भने पनि छलफलबाटै हुन्छ।

उनले राष्ट्रपतिलाई लिएर बाहिर आए जस्तो कुनै मतभेद नरहेको दोहोर्‍याए।

सत्ता साझेदार दलहरुबीच राष्ट्रपतिलाई लिएर मतभेद छैनु, उनले भने,पहिले जे सहमति भएको त्यसमा हामी कायमै छौँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com