ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी एकता र रुपान्तरणको प्रक्रियामा छ : प्रधानमन्त्री प्रचण्ड


abc

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्जवल रहेको बताएका छन् ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ुनिर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौं। यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ। एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चिज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ। पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्,ु प्रधानमन्त्री दाहालले भने ।

यस्तै सामाजिक न्याय, सुशासन र समृद्धि वर्तमान सरकारको प्राथमिकता रहेको उनले बताए । उक्त लक्ष्य हासिल गर्न सिंगो देशलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाइ छ । प्रधानमन्त्रीले दाहालले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने र त्यसका लागि पार्टीको २ महिने संगठनात्मक अभियान चलाउने पनि बताएका छन् ।

यस क्रममा माओवादीले पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेको र सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्ने जानकारी दिए । उनले भने ुअहिले पनि अप्ठ्याराहरू छन्, चुनौतीहरू छन्। ती सबैलाई हामी छिचोल्छौं र अगाडि बढ्छौं। अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ। देशको वैकल्पिक शक्ति हामी नै हौं भन्ने तथ्य परिणामबाट पनि स्थापित हुन्छ। त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्जवल नै देखिरहेको छु, हामी फेरि उचाइका साथ अघि बढ्छौं।

यसैबीच प्रधानमन्त्री दाहालले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त गरेको विश्वासको मतलाई माओवादी आन्दोलनका लागि न्याय भएको रुपमा अर्थ्याएका थिए । ुपुस २६ को प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो। त्यो इतिहासकै अभूतपूर्व रह्यो। त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ, यसको नेतृत्वप्रति न्याय भएको छ। त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो। यसले उत्पीडित वर्त, जाति, क्षेत्र, लिंगप्रति पनि न्याय भएको मैले महसुस गरेको छु,ु प्रधानमन्त्री दाहालले भने ।

कार्यक्रममा उनले उत्पीडितहरू आफ्नो अधिकारका लागि आफैं अग्रसर बन्नुपर्ने सुझाव पनि दिएका थिए । विगतका आन्दोलन र बलिदानीको बलमा धेरै अधिकार प्राप्त भएको तर त्यो पर्याप्त नभएको उनको भनाइ छ । तर अहिले फेरि परिवर्तनविरोधी शक्तिहरू जनताका अधिकार कुण्ठित गर्न लागिरहेको भन्दै उनले उत्पीडितहरू आफैं जागेर अग्रसर भएपछि मात्रै अधिकार प्राप्त हुने उनले बताएका थिए । ुदलित समुदायको संघर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव थिएन। नेपालको क्रान्तिकारी आन्दोलनमा दलितहरूको महत्त्वपूर्ण योगदान छ,ु प्रधानमन्त्रीले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

सुनकोशीमा फेला परेको शव सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको

सम्बन्धित

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

सुनकोशीमा फेला परेको शव सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको

LIVE : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदमा बहस

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

माओवादीबाट हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन

उडिरहेको श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com