ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको भ्रमणका लागि मोदीको निम्तो लिएर भारतीय विदेश सचिव क्वात्रा सोमबार काठमाडौँ आउने


ABC NEWS

काठमाडौं २७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्री प्रचण्डलाई दिल्ली भ्रमणको निम्तो लिएर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आगामी सोमबार नेपालको दुई दिने भ्रमणका लागि आउने भएका छन् । भारतीय विदेश सचिवको भ्रमणको तयारी भइरहेको छ। आज घोषणा हुनेछ’, मन्त्रालय स्रोतले बताएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार क्वात्रा दुईदिने फ्रेबुअरी १३–१४ तारिखमा काठमाडौं भ्रमणमा आउन लागेका हुन्। विदेश सचिव क्वात्राले नेपालमा रहँदा प्रधानमन्त्री प्रचण्ड , विदेश मन्त्री विमला राई पौडेल र राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेट गर्नेछन् । क्वात्राले समकक्षी भरत पौडेलससंग कार्यमूलक वाता र छलफल गर्नेछन् । क्वात्रा काठमाडौंमा रहंदा विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरुसंग पनि भेट्ने भारतीय दूतावास स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मार्चको दोस्रो हप्ता गर्नेगरी तयारी शुरु भएको बताइएको छ ।

क्वात्रा काठमाडौं आउने दिनमा आउने सोमबार अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर पनि नेपाल आउने तय भएको छ।
अमेरिकाले नेपालमा राजनीतिक सक्रियता बढाएका बेला छिमेकी भारतका तर्फबाट पनि भ्रमण तय भएको हो। राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड अघिल्लो साता नेपाल भ्रमण गरेर फर्केलगत्तै यही साता अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावर नेपाल आइन्।

यही हप्ता अमेरिकाकै रणनीतिक साझेदार एवम् क्षेत्रीय संगठन युरोपेली संघ ९ईयू० की अन्तर्राष्ट्रिय सहकार्य हेर्ने आयुक्त जुटा उर्पिलाइनेन बुधबार एकदिने भ्रमण सकेर फर्किइन्।

गत पुसमा प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएयया नेपाल आउन लागेका क्वात्रा उच्च भारतीय अधिकारी हुन्। परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा क्वात्रा नेपाल आउने भएका हुन्।

पौड्याल क्वात्राको निमन्त्रणामा गत सेप्टेम्बर १३ र १४ मा भारत यात्रामा गएका थिए। कवत्रा विदेश सचिवमा नियुक्त हुनु अघि नेपालका लागि भारतीय राजदूतका रुपमा झण्डै तीन वर्ष काठमाडौमा कार्यरत थिए । भारतीय दूतावास स्रोतका अनुसार क्क्वात्रा १५ तारिख विहान वंगलादेशको भ्रमणका लागि काठमाडौंबाटै ढाका जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

काठमाडौं, १२ चैत।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

सम्बन्धित

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

खानेपानी ट्यांकीमा भेटियो शव

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com