पोखरा, १२ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश कंगाल बनाउने सरकारकोयो निर्णय वाम गठबन्धनलार्इ स्वीकार्य नहुने बताउनु भएको छ । आगामी सरकारको नेतृत्व गर्न तयारीमा रहेका ओलीले शेर बहादुर देउवाले देशलाई कंगाल बनाउन एकपछि अर्को षडयन्त्र गरेकोले अव निमार्ण हुने सरकारले एकमुष्ट खारेज गरिने बताए ।
पोखरामा सामुदायिक रेडियो प्रसारक संघको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै ओलीले सस्तो लोकप्रिय हुने नाममा कामचलाउ सरकारले राज्य कोषमा भार पर्ने निर्णय अस्वीकार गर्ने बताउनु भयो । भुकम्पपीडितलाई थप एक लाख दिने निर्णयप्रती लक्षित गर्दै उहाँले वर्तमान सरकारले गरेको एउटा निर्णयले ९० अर्ब बोझ परेको भन्दै यस्तो दुरगामी असर पर्ने निर्णय गर्ने नैतिक आधार वर्तमान सरकारसँग नभएको ठोकुवा गर्नुभयो ।
‘एमाले अध्यक्ष ओलीले आफुले लोकतन्त्र स्थापनाका लागि हतियार उठाएको तथा जेलनेल भोगेको भन्दै उनले लोकतन्त्रप्रतिको निष्ठामा शंका नगर्न आग्रह समेत गर्नुभयो । कार्यक्रमा राजपा महासचिव मनिष सुमनले वाम सरकारलाई लोकतन्त्रप्रति संवेदनशिल हुन गरेको आग्रहको जवाफ दिंदै ओलीले भन्नुभयो, ‘मैले पनि लोकतन्त्रका लागि लड्दा धेरै दुख भोगेको छु, बहुदल प्राप्तिपछि कतिपय दल टेलिफोन लाइन लिनका लागि खुलेका थिए, तर एमाले टेलिफोन लाइन लिन खुलेको पार्टी होइन ।’
प्रतिक्रिया दिनुहोस्