ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलका कार्यकर्ता राष्ट्रपति बनाउँदा देशले नै दुःख पायो : प्रम प्रचण्ड


ABC NEWS

काठमाडौं २६ माघ । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा नै राष्ट्रपतिको उमेद्वार खोज्ने प्रयास जारी रहेको बताएका छन् ।

सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीसंगको छलफल लगत्तै भएको माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले सक्रिय राजनीति गरेको व्यक्ति राष्ट्रपति बन्दा देशले नै दुःख पाएको बताए ।

‘अहिले सहमतीय राष्ट्रपतिको अपेक्षा गरेको हो’, बैठकमा प्रचण्डको भनाइको उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘कुनै राजनीतिक दलको कार्यकर्ता बन्ने राष्ट्रपति हुँदा दुई, तीन चोटी दुःख पाइयो भन्दै संविधान र नबोदित गणतन्त्रको रक्षा गर्ने सबैले मान्न सक्ने राष्ट्रपतिमा सहमति जुटाऔं भन्नेमा आफू लागिरहेको प्रचण्डले बताए ।

कांग्रेस, एमाले, माओवादी वा साना दलबाट पनि सहमतिको राष्ट्रपति बन्न सक्ने भन्दै उनले राष्ट्रपति चयनकै विषयमा सत्ता गठबन्धन नटुट्ने दावी गरे । तर आजमात्रै ओलीले प्रचण्डलाई भेटेर एमाले अघि सार्ने उमेद्वारलाई राष्ट्रपति बनाउने सहमतिबाट यताउता नगर्न दबाव दिएका थिए ।

पार्टी केन्द्रीय समितिलाई भर्चुअल मार्फत सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकारको नेतृत्व गर्नु चुनौती र अवसर दुवै भएको बताए ।

‘हामीले सरकारको नेतृत्व गर्न पाउनु चुनौती र अवसर दुवै हो । त्यहीँ रूपमा बुझ्नु भए हुन्छ । मैले विश्वासको मत लिँदा एजेण्डा प्रस्तुत गर्ने सबै स्पष्ट राखी सकेको छु । ती सबै पुरा गर्नुपर्ने हामी सबैको जिम्मेवारी हो’ प्रचण्डले भनाई उद्ढ गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘अहिले माओवादीले न्याय गरेन भन्ने छ । यो परिवर्तनबाट जनताले अनुभूति गर्नेगरी काम भएको छैन । हामीले गरेर दुखाउने चुनौती  छ । यो परिवर्तनलाई संस्थागत गर्नुपर्ने मुख्य दायित्व छ ।’

माओवादी नेतृत्वमा राष्ट्रिय सहमति हुनु ऐतिहासिक भएको भन्दै प्रचण्डले खुसी व्यक्त गरेको ती पोलिटब्युरो सदस्यले बताए । माओवादीले ल्याएका एजेण्डा संस्थागत भई जनताले राहत महसुस गरेमा इतिहास चाहेरपनि कसैले मेटाउन नसक्ने प्रचण्डले बताए ।

माओवादीले गरेका कामको जनतामा लगेर स्थापित गर्न  सबै नेता कार्यकर्ता लाग्नुपर्ने प्रचण्डको भनाई छ ।

‘राष्ट्रलाई एकताबद्ध गर्न माओवादी आन्दोलनप्रति भ्रमहरू सृजना भएका छन्, त्यसलाई चिर्ने हामी सबैको यो अवसर हो’ प्रचण्डले भने, ‘माओवादी त्यस्तो जात हो जो छुनु हुँदैन भन्ने भाष्य निर्माण गरिएको छ ।  शान्ति र परिवर्तनको बाहकको रूपमा होइन आशावादीको रूपमा स्थापित गर्न लगातार रूपमा प्रहार भई रहेको छ ।   हामीलाई बिद्रुपिकरण गर्ने प्रयास भइरहेको छ ।  त्यो सबै भ्रम चिर्ने र सुधार गर्ने यो अवसर हो ।’

संगठनमा बढ्दै गएको अराजकता र अनुशासनहीनता बढ्दै जानु पार्टी र आन्दोलनका निम्ति राम्रो हुने प्रचण्डले बताए ।

‘अहिले काम गर्ने सकारात्मक अवसर हो । यो अवस्थामा कुण्ठा पोख्ने एकले अर्कालाई दोषारोपण गर्नु हुँदैन’ प्रचण्डले भने, ‘हामीले दाह्रा किटेर यो अवसरलाई गुम्न दिनुहुँदैन । यो पार्टीको भविष्यका निम्ति सदुपयोग गर्नुपर्छ ।’

 

स्थायी समिति बैठकले पास गरेपछि माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने(सर्कुलरसहित)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com