ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी राजमार्गको निर्माण आधा सकियो


abc

काठमाडौँ, २५ माघ ९रासस० : पूर्वी पहाडी जिल्लालाई तराई हुँदै सङ्घीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ । कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी सो राजमार्ग निर्माण औसतमा ५० प्रतिशत सकिएको हो ।

सो करिडोरमा अहिलेसम्म ५७ किलोमिटर सडक ग्राभेल भएको आयोजनाले जनाएको छ । कालोपत्र गर्न चार ठेक्कामार्फत काम भइरहेको र तीनको अवधि अब दुई वर्ष रहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताउनुभयो । कूल ४९ किमी लम्बाइमा दोभानसम्म नाली बनाउने, पर्खाल लगाउनेलगायतका संरचनाको काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष संरचना बनिसकेपछि कालोपत्रका लागि प्रक्रिया अघि बढाइनेछ ।”

पछिल्लो समयमा निर्माण कम्पनीले स्रोत बढाएर काम गरिरहेको उहाँले बताउनुभयो । आयोजना आफैँले गर्नुपर्ने ठाउँमा ट्र्याक खोलिसकिएको र कडा चट्टान भएको खण्डमा सेनाले ट्र्याक खोलिरहेको आयोजनाका प्रमुख खड्काले बताउनुभयो । किमाथाङ्काबाट तल खाँदबारीलाई शून्य मान्दा एक सय ३४ किमीदेखि देखि एक सय ४८ किमीसम्म काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।

कडा चट्टान रहेको साढे १० किमी सडकमा सेनाले ट्र्याक खोल्ने काम गरिरहेको आयोजनाले जनाएको छ । ट्रयाक खोलेपछि सेनाले हस्तान्तरण गर्ने र त्यसपछि नै स्तरोन्नतिको काम हुने आयोजना प्रमुख खड्काले बताउनुभयो । करिडोरको चौडाइ नौ मिटर रहेको छ । झन्डै सात मिटर कालोपत्र र त्यस बाहिर अरू संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।

मङ्सिर अगाडिसम्म काम कम भए पनि अहिले स्रोत परिचालन राम्ररी भइरहेको प्रमुख खड्काले बताउनुभयो । निर्माण कम्पनीले जनशक्ति र उपकरण दुवै बढाएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बीचमा निर्माण सामग्रीको समस्या आए पनि अहिले त्यसको समाधान भइरहेको छ ।”

बरुण र अरुण नदीको दोभानसम्मको सडक गाभ्रेल भइसकेको छ । दोभानदेखि माथि स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गरी ठेक्का लगाउन स्रोत सुनिश्चित गर्न फाइल अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब ८० किमीभन्दा माथि खण्डमा स्तरोन्नतिको काम अघि बढाइनेछ ।”

बरुण र अरुण करिडोरमा विद्युत्का परियोजना निर्माण भइरहेकाले त्यहाँका लागि आवश्यक सामग्री ल्याउन भारी सामान बोकेका गाडी गुरिहेका र यसले गर्दा निर्माणाधीन सडकमा क्षति पुग्ने गरेको प्रमुख खड्काले बताउनुभयो । सडक निर्माण सम्पन्न भएपछि सडकले क्षमताअनुसार भार थेग्न सक्ने भए पनि अहिले नै त्यो नसक्ने उहाँले बताउनुभयो ।

सडक निर्माण सम्पन्न गर्न विसं २०८१ सम्मको लक्ष्य लिइएकाले कामको गति बढाउँदा त्यो अवधिसम्म सकिने उहाँले बताउनुभयो । अहिले ठेक्कामा गइसकेको खण्डमा काम सकिने र ठेक्का लगाउन बाँकी ठाउँमा केही बाँकी रहन सक्ने उहाँको भनाइ छ । आयोजनामा हालसम्म ८० किमी ग्राभेलमध्ये ४९ किमी कालोपत्र भएको छ । असी किमीदेखि एक सय ६२ किमीसम्मको खण्ड ठेक्कामा जान बाँकी रहेको प्रमुख खड्काले बताउनुभयो ।

करिडोरमा कुनै कुनै खण्डमा वर्षाको समयमा पहिराको समस्या आइरहेको आयोजनाले जनाएको छ । विभिन्न स्थानमा पहिराले गर्दा यातायात अवरुद्ध भइरहेको छ । आयोजनाअन्तर्गत जम्मा दुई पुल निर्माणाधीन, दुई सम्पन्न र चार ठेक्कामा जान बाँकी रहेको आयोजनाले जनाएको छ । चारमध्ये वरुण नदीमा झन्डै ७० मिटरको पुल निर्माणाधीन रहेको प्रमुख खड्काले बताउनुभयो । बरुण नदीभन्दा माथि चार पुलको डिजाइन भएर ठेक्कामा जान बाँकी छ ।

करिडोर सडकमा ट्र्याकसमेत पूरै खोलिनसकिएकाले सम्पन्न गर्ने अवधि बढाएर जानुपर्ने प्रमुख खड्काले बताउनुभयो । राष्ट्रिय गौरवका अरू आयोजना जस्तै यसमा पनि बजेटको समस्या छैन । वार्षिक बजेट पर्याप्त नभएमा थप माग हुने र बहुबर्षिय ठेक्कामा लागि सहमति मागेर अघि बढाइने गरिएको उहाँले बताउनुभयो ।

विगत वर्षमा निर्माण अलि ढिला भएकामा आयोजना र योजना कार्यालयले निर्माण कम्पनीलाई पटक पटक ताकेता गरेर कामको गति बढाइरहेको उहाँले बताउनुभयो । निर्माणको गति सुस्त रहेकामा अहिले कम्पनीसँग पटक पटक बैठक गरेर गति बढाउन लागिएको हो ।

सो राजमार्गको निर्माण पाँच वर्षपहिले सुरु भएको हो । उक्त आयोजनाको कोसी करिडोर नामाकरण भए पनि कोसी र तमोर नदीको किनारबाट निर्माण भइरहेको छ । दक्षिणमा भारतीय सीमादेखि उत्तरमा चीनको सीमासम्म जोड्ने सो राजमार्गले प्रदेश नं १ का कतिपय जिल्लालाई प्रत्यक्ष र कतिपयलाई अप्रत्यक्ष रुपमा लाभ दिनेछ । मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमलाई प्रत्यक्ष रुपमा समेटे पनि सिङ्गो प्रदेश नै यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

सम्बन्धित

हुम्लामा खाद्यान्न अभाव

राष्ट्रियसभा बैठक सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ अर्थमन्त्री डा महत

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com