पोखरा , १२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओली मधेशवादी दलनै संविधान संसोधन विरोधी रहेको आरोप लगाएका छन् । संविधान संशोधन हुन्छ भन्ने डरले मधेस केन्द्रित दलहरु कांग्रेससँग मिल्न गएको बताए ।
समुदायिक रेडियो प्रशारक संघको पोखरामा आजबाट भएको सम्मेलनलाई सम्बोधन गर्दै ओलीले वाम र मधेसी गठबन्धन मिल्दा दुई तिहाई पुग्ने बताए । संविधान संशोधन हल्ला गर्ने विषय नभएको भन्दै उनले भने, ‘यदि संविधानमा कुनै विभेद भए तत्काल हटाउन आफु तयार रहेको ओलीको भनाई थियो ।
सरकारले ल्याएको संशोधन प्रस्तावको विरोध गरेको तर, संविधान संशोधन हुनै सक्दैन नभएको ओलीले बताए ।
त्यसअघि राजपा महासचिव मनिष सुमनले संविधान संशोधन हुनु पर्ने बताएका थिए भने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनताको असन्तुष्टि सम्बोधन हुनु पर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्