ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेले कानुनी त्रुटी स्वीकार्न सक्नुपर्छ (भिडियोसहित)


ABC NEWS

काठमाडौं, २५ माघ।

नागरिकताको दोषी ठहरपछि उपप्रधान तथा गृहमन्त्रीको पदबाट मुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धको विवाद कायमै छ । सर्वोच्च अदालतको आदेश लगत्तै भने नागरिकता लिएर उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बने । तर, राहदानी विवाद कायमै रहेकाले पुनः सरकार सञ्चालनमा रास्वपा सहभागी भएन बरु, पार्टीका अरु मन्त्रीलाई पनि रास्वपाले फिर्ता बेलायो । लामिछानेविरुद्व गत मंसिर १२ गते गृह मन्त्रालयमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा काठमाडौं प्रहरीले राहदानी विभाग, निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय भरतपुर चितवन र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनको विवरण माग गरेको थियो । सर्वोच्चले लामिछानेको नागरिकता सम्बन्धमा पूर्ण पाठ ल्याएको छैन । जसकारण पनि, लामिछानेको राहदानी सम्बन्धमा अनुसन्धान थप अघि बढ्न सकेको छैन ।

उनीविरुद्व मंसिर १२ गते गृह मन्त्रालयमा उजुरी परेको थियो । गृह मन्त्रालयको आदेशपछि त्यसै दिन प्रधान कार्यालयले प्रहरी परिसर काठमाडौंमा रवि लामिछानेको सम्बन्धमा जिम्मेवारीपूर्वक छानबिन तथा अनुसन्धान गर्न पत्र पठायो । सोही पत्र अनुसार काठमाडौं प्रहरीले अनुसन्धान अगाडि बढायो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पुरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनको उपप्रधान एवम् गृहमन्त्री पद गुम्यो, उनीसँग आफैले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद रहने समेत कानुनी आधार भएन । सर्वोच्चको फैसलापछि लामिछाने र रास्वपाबाट सरकारमा रहेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाए । नागरिकता मुद्दामा सर्वोच्चको पूर्ण पाठ आएपछि मात्रै प्रहरीले लामिछानेविरुद्वको थप अनुसन्धान अगाडि बढाउने जनाएको छ । नागरिकता मुद्दामा दोषी ठहरपछि राहदानी दुरुपयोग र किर्तेको कसुरमा उनीविरुद्व अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ ।

माघ १३ गते प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले गरेको फैसलासँगै लामिछाने सबै पदबाट हटिसकेका छन् । तर, यसलगत्तै भने उनले नागरिकता लिए र रास्वपाको सभापति बने । यसअघि लामिछाने नै गृहमन्त्री भएपछि उनीमाथिको अनुसन्धान रोकिएको थियो । पछि सर्वोच्च अदालतमा मुद्दा परेपछि सक्कल फाइल मगाइएका कारण प्रहरीले अनुसन्धान रोकर फाइल सर्वोच्च पठायो । यसर्थ, प्रहरी गरिरहेको अनुसन्धानको फाइल संवैधानिक इजलासमा छ । प्रहरीले उक्त पाइल माग गरेको छैन भने सर्वोच्चले पनि पूर्ण पाठपछि मात्रै फाइल फिर्ता गर्ने जनाएको छ । प्रहरीले राहदानी विभागमा भने रवि लामिछानेको नागरिकताको प्रतिलिपिसँगै मंसिर २९ गते पत्र पठाएको थियो । लामिछानेको उक्त नम्बरको राहदानी विभागबाट कुन मितिमा जारी भएको हो र उनको नाममा विभागबाट हालसम्म कतिवटा राहदानी जारी भएको छ भन्ने विवरण प्रहरीले खोज्यो । प्रहरीले अनुसन्धानका क्रममा विभागको उक्त अभिलेख हेरी उनले राहदानी लिँदा पेस गरेका नागरिकतालगायतका कागजात पनि माग ग¥यो । राहदानी विभागले पुस १ गते प्रहरीलाई जवाफ पठायो । जवाफमा रवि लामिछानेले दुई पटक राहदानी लिएको पत्रमा उल्लेख छ । उनले सन् २००६ जनवरी ३० मा हस्तलिखित राहदानी नेपाली दूतावास वासिङ्टन डीसीबाट लिएको देखिएको विभागले जनायो । यसैगरी दोस्रो पटक २०१५ मे २७ मा लामिछानेले राहदानी विभागबाट अर्को राहदानी लिएको देखिएको हो । त्यो राहदानीको प्रतिलिपिसहित विभागले प्रहरीलाई बुझाइसकेको छ । विभागले हस्तलिखित राहदानी लिँदा बुझाएका कागजात पनि माग गरेको र आएपछि बुझाउने जवाफ प्रहरीर्ला पठायो । उनले अमेरिकाको नागरिकता त्याग गरेपश्चात पुनः नेपाली नागरिकता कायम गर्न निवेदन दिएका छन् वा छैनन् भन्ने सन्दर्भको विवरण बुझ्न प्रहरीले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ । सबै पदमुक्त भएपछि लामिछाने खासगरी, मिडियाको सत्तोसरापमा उत्रिए । अब आगामी दिनमा यसरी आलोकाँचो रुपमा भन्दा परिपक्व ढङ्गबाट प्रस्तुत हुन उनलाई सरोकारवालाले सुझाव दिएका छन् ।

काठमाडौं प्रहरी परिसरको पत्रअनुसार गृह मन्त्रालय, परराष्ट्र हुँदै अमेरिकी दूतावासमा पनि उनका नागरिकता र पासपोर्ट सम्बन्धी विवरण माग गरिएको थियो । लामिछानेले दोहोरो नागरिकता र राहदानीको प्रयोग गरेको पुष्टि भइसकेको छ । सुरुमा नेपाली नागरिकता त्याग नगरी अमेरिकी नागरिकता लिएका उनले पछि अमेरिकी नागरिकता नत्यागी नेपाली पासपोर्ट लिएर यसको प्रयोग समेत गरेका थिए । उनले नेपाली पासपोर्ट लिँदा पहिलेकै अवैध नागरिकता प्रयोग गरेका थिए । जसकारण किर्तेको कसुरमा समेत उनीमाथि मुद्दा अगाडि बढ्न सक्ने जनाइएको छ । तर प्रहरीले भने यी कसुरमा थप अनुसन्धान गर्न सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ पर्खने भएको हो । यस्ता कानुनी प्रक्रिया नपुगेको सन्दर्भमा रवि लामिछानेले आफ्नो कमजोरी स्वीकार्न सक्नुपर्ने कानुनका अध्येताहरु बताउँछन् ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा चितवनबाट भारी मतले विजयी सांसद रवि लामिछानले उपप्रधान तथा गृहमन्त्रीको पदभार ग्रहण गरेको एक महिनामै पदमुक्त बन्न पुगे । रास्वपाको सरकारमा रहेका मन्त्रीहरु फिर्ता भए । यद्दपि, सरकारलाई दिएको समर्थन भने रास्वपाले कायम राखेको छ । सरकारबाट बाहिरिदै गर्दा खासगरी देशको महत्वपूर्ण एवम् चौथो अंगका रुपमा मानिने सञ्चारजगत्का माथिल्लो तहका सबैमा उनले चरम् असन्तुष्टि पोखे । असन्तुष्टि मात्रै होइन, आफ्ना व्यक्तिगत विषयमा समेत पत्रकार सम्मेलनमार्फत उनी खुल्लमखुला रुपमा प्रस्तुत भए । त्यसो त, राजनीतिक सिद्वान्त र लामो आन्दोलनबाट नेतृत्वमा आएका कतिपय चर्चित नेताहरु नै निष्क्रिय बनेका बेला चामात्कारिकरुपमा रास्वपाले गएको निर्वाचनमा २० सिट जित्यो र समानुपातिमा पनि लोकप्रिय मत पाएर राष्ट्रिय दल बन्न सफल भयो । देश र अहिलेको निराशाजनक परिस्थितीलाई कायापलट गर्ने संक्ल्पका साथ आएको दाबी गरेको रास्वपा र यसका पार्टी सभापति रवि लामिछानेले यसअघि नै साना–साना यस्ता कानुनी प्रक्रियामा ध्यान पु¥याउन सक्नुपर्दथ्यो । आगामी दिनमा यस्ता त्रुटी नदोहोरिने हिसाबबाट रास्वपा अघि बढ्न सके राम्रै होला । उनीमाथि राहदानीको मुद्दा र यसमाथिको अनुसन्धान प्रक्रिया अझै बाँकी छ । कानुनविद्को सुझाव अनुसार यो समय लामिछाने आवारा जस्तोभन्दा पनि अदालत र कानुन अनुरुपको अनुसन्धान प्रक्रियालाई सघाएर जिम्मेवार ढङ्गबाट प्रस्तुत हुन आवश्यक छ । यसका विकल्प उनले भने जस्तै आफ्नो आलोचना देख्न र लेख्नै नहुने र यसो गरे ठीक पार्दै हिड्छु भन्ने मनस्थिती नसच्चिए यसको घाटा अरु कसैलाई नभई उनी र उनी नेतृत्वको पार्टीले नै अवश्य भोग्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com