ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउनदेखि पुससम्म रेमिटेन्स २४.३ प्रतिशतले बढ्यो


ABC NEWS
माघ २३, २०७९ सोमबार  ५ : ३२ बजे

 

काठमाडौं २३ माघ । चालु आर्थिक वर्षको छ महिना अर्थात् गत साउनदेखि पुससम्ममा गत वर्षको यही अवधिको तुलनामा रेमिटेन्स २४.३ प्रतिशतले वृद्धि भएको छ।
यो अवधिमा ५ खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। गत वर्षको यही अवधिमा भने ४ खर्ब ७० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
वैदेशिक रोजगारीमा जानेको संख्यामा छ महिनामा गत वर्षको यही अवधिको तुलनामा ६४ प्रतिशतले वृद्धि भएसँगै रेमिटेन्स भित्रिने दरमा सुधार भइरहेको हो।
चालु आर्थिक वर्षको छ महिनामा दुई लाख ७५ हजार नयाँ श्रम स्वीकृतिमा रोजगारीको लागि बाहिरिएका थिए। त्यस्तै, श्रम स्वीकृति नवीकरण गरेर जानेको संख्या पनि ९.५ प्रतिशतले बढेर एक लाख ४२ हजार नाघेको छ।
रेमिटेन्स बढ्दा, पर्यटनबाट हुने आम्दानी बढ्दा, आयात घट्दा मुलुकको भुक्तानी सन्तुलन अर्थात् मुलक भित्रिने र बाहिरिने रकमअन्तर सकारात्मक भएको छ। यस्तो सन्तुलन ९७ अर्ब नौ करोड रूपैयाँ छ।
पर्यटनबाट हुने आम्दानी एक सय १६ प्रतिशतले बढेर २८ अर्ब आठ करोड रूपैयाँ पुगेको छ। त्यस्तै, आयात २०।७ प्रतिशतले घटेर सात खर्ब ९२ अर्ब रूपैयाँमा सीमित भएको छ।
आयात मात्र नभई मुलुकबाट हुने निर्यात पनि घटेको छ। निर्यात ३२ प्रतिशतले घटेर ८० अर्ब ८० करोड रूपैयाँमा सीमित भएको छ।
गत असार मसान्तमा १२ खर्ब १५ अर्ब रूपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति त्यसयता १० प्रतिशतले बढेर १३ खर्ब ३७ अर्ब रूपैयाँ पुगेको छ।
यस्तो सञ्चितिले अहिलेकै प्रवृत्तिमा आयात भएमा नौ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न सक्छ।
रेमिटेन्स र नेपाल घुम्न आउने पर्यटकमा भइरहेको वृद्धिको कारणले विदेशी मुद्रा आम्दानी बढेको छ। तर, मुलुकमा विदेशी लगानीकर्ताहरूको लगानी भने बढ्न सकेको छैन।
गत आर्थिक वर्षको यही अवधिमा ११ अर्ब ६० करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा यसपटक यो ७८ प्रतिशतले घटेर दुई अर्ब ५५ करोडमा सीमित भएको छ।
आयातमा कटौती आइरहे पनि मुलुकबाट शिक्षा र भ्रमणको रूपमा पैसा बाहिरिने दरमा भने ठूलो कमी आएको छैन।
नेपालबाट विदेश पढ्न जानेले नै यो छ महिनाको अवधिमा ३५ अर्ब रूपैयाँ मुलुक बाहिर लगेका छन्। यो गत वर्षको यही अवधिको भन्दा ५८ प्रतिशतले धेरै हो।
त्यस्तै, वैदेशिक भ्रमणको कारण १६ अर्ब रूपैयाँ बाहिरिएको छ। यसमा भने गत वर्षको भन्दा १४ प्रतिशतले कमी आएको छ।
केही समयअघि राष्ट्र बैंकले आयातमा लगाएको नगद मार्जिन र सरकारले लगाएको प्रतिबन्धको कारण विदेशी मुद्रा सञ्चितिमा सुधार भइरहेको हो।
अहिले यी दुवै व्यवस्था हटेको छ। यद्यपी बजारमा मागमा आएको कमीले आयात बढ्न सकेको छैन। आयात बढ्दै गएमा भने फेरि पनि विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने अनुमान राष्ट्र बैंकको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com