ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भुकम्पमा परी दुई सय जनाभन्दा बढीको मृत्यु, टर्कीमा संकटकाल


ABC NEWS

काठमाडौँ २३ माघ । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । दक्षिण(पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार भूकम्पमा परी अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टापमा ७६ जनाको मृत्यु भएको छ भने ४ सय ४० भन्दा बढी मानिस घाइते भेटिएका छन् ।

यस्तै, सिरियामा पनि भूकम्पले मानवीय क्षति पुर्‍याएको छ । त्यहाँ एक सय जनाभन्दा बढी मानिसको भूकम्पबाट मृत्यु भएको सिरियाका सरकारी सञ्चारमाध्यमले एएफपीलाई बताएका छन्।

भूकम्पमा भत्किएका भवनहरूबीच मानव उद्धारको काम भइरहेको टर्कीका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने उनीहरुको दाबी छ ।

सोमबार बिहान सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा गएको थियो । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरका साथै सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरिएको थियो ।

शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् ।

भूकम्पकमा परेकाको उद्धार र राहतका लागि विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत सहयोग र राहतको प्रतिबद्धता जनाउनुका साथै समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com