ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानले गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ : गगन थापा


एबीसी / संवाददाता
माघ २१, २०७९ शनिबार  ७ : २३ बजे

काठमाडौँ, २१ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार आरोपमा ९९ दिन जेल बसेर धरौटीमा रिहा भएका सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेपछि आलोचना बढ्न थालेको छ ।

यस विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार सार्वजनिक रूपमा आपत्ति जनाएलगत्तै अर्का महामन्त्री गगन थापाले पनि मुख खोलेका छन् । महामन्त्री थापाले अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गर्नु आपत्तिजनक भएको बताएका छन् ।

उनले बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुने तर्क गरेका छन् ।

“मेरो धारणा स्पष्ट छ– बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि महानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न,” उनले लेखेका छन् ।

थापाले एक साताअघि क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको समेत बताएका छन् ।

उनले अघि लेखेका छन्, “पुनः दोहोर्‍याउन चाहन्छु– बलात्कारजस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ ।”

यसअघि कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि क्यानको निर्णयमा प्रश्न उठाएका थिए ।

“क्यान अध्यक्षलाई फोनमा सोधेँ– खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ? खेलकुदमन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ । ध्यानाकर्षण गराउँदछु– कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ, हतारको गल्ती सच्याउ भन्नोस् । मौनता जिम्मेवार जबाफ हुन्न,” शर्माले लेखेका छन् ।

यसैबीच क्यानले नेपालमै हुने त्रिदेशीय सिरिजका लागि सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काइसकेको छ । उनले शुक्रबार त्रिवि क्रिकेट मैदानमा टोलीका अन्य सदस्यसँगै प्रशिक्षण पनि सुरू गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

झापास्थित रास्वपा कार्यालय भएको घरमा तोडफोड

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com