ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी आकाशमा ‘जासुसी बेलुन आतंक’: बेलुनलुनको आकार र यससँग जोडिएको विवरण दिन अस्वीकार


एबीसी न्यूज

काठमाडौँ, २०  माघ । अमेरिका र क्यानाडाले यो बेलुन चीनले जासुसीका लागि छाडेको शंका गरिरहेका बेला बेइजिङले आफ्नो धारणा सार्वजनिक गरेको हो।

तर अमेरिकी अधिकारीहरुले यो बेलुन जासुसीका लागि चीनले नै छाडेको जिकिर गरिरहेका छन्। चीनको विदेश मन्त्रालयले अमेरिकाको यो दाबीबीच शान्ति कायम राखिराख्न अपिल गरेको छ।

बेइजिङले तथ्यको राम्ररी जाँच नगरी केवल अड्कलका भरमा बढाइँचढाइँ गरेर बोल्दा समस्याको समाधान नहुने जनाएको छ।चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्ग चीन अहिले यस शंकास्पद बेलुनसम्बन्धी रिपोर्टबारे जाँच गरिरहेको बताएकी छन्।

उनले जबसम्म तथ्य बलियो प्रमाण मिल्दैन तबसम्म अनुमान लगाउँदै हल्ला मच्चाएर समाधान ननिस्किने बताएकी छन्।बिहीबारको पत्रकार सम्मेलनमा अमेरिकाले बेलुको वास्तविक लोकेशन बताउन इन्कार गरेको थियो। अमेरिकाले यस बेलुनको आकार र यससँग जोडिएको विवरण पनि उल्लेख गर्न अस्वीकार गरेको छ।

एक अमेरिकी रक्षा अधिकारीले भने, केही पाइलटले धेरै उचाइमा जहाज उडाउने क्रममा यो बेलुन देखेका रहेछन्। यस्तोमा तपाईंहरुले यसको आकारबारे अनुमान लगाउन सक्नुहुन्छ।उनका अनुसार यस्ता बेलु पहिले पनि अमेरिकी आकाशमा देखिएका थिए। तर यस पटक यो बेलुनले पहिलो पटक निरन्तर केही दिनदेखि उडान भरिरहेको उनले बताए

दुई दिनअघि बुधवार मात्रै अमेरिकाको पश्चिमी राज्य मोन्टानामा यस बेलुनलाई उडिरहेको अवस्थामा देखिएको थियो। जसका कारण कयौँ जहाजको उडान नै रोक्नुपरेको थियो।अधिकारीहरुले मोन्टानामा देखिनुअघि यो बेलुन अलास्काको एल्युटियन द्वीप र क्यानाडाको आकाशमा पनि देखिएको थियो।

तर दुवै देशका सैन्य अधिकारीहरुले यसको फोहोर संवेदनशील सरकारी कार्यालयहरुमा खस्ने खतराका कारण यसलाई नखसाल्ने निर्णय लिएका थिए। अर्कातिर क्यानाडाले आफ्नो एयरस्पेसको सुरक्षा सुनिश्चित गर्न र आगामी दिनमा हुन सक्ने यस्ता घटनामाथि निगरानी गर्न उचित कदम उठाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com