ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन


एबीसी / संवाददाता
माघ २०, २०७९ शुक्रबार  १० : ०४ बजे

जाजरकोट, २० माघ । बारेकोट गाउँपालिकामा १५ शय्याको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो, तर अहिलेसम्म जग पनि खनिएको छैन ।

गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो । यी तीनवटै निकायबीच अस्पतालको भवन निर्माणमा गोलमाल छ । गाउँपालिकाको दाबीअनुसार ठेकेदार कम्पनी (खानी/धुलिखेल/जेके बिल्डक्स जेभी)को लापरवाहीका कारण अस्पतालको भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माणमा जग्गाको समस्या बताउँदै आएको ठेकेदार कम्पनीले भने दुई चरणमा गरी साढे दुई करोड बढी रकम लिइसकेको छ ।

पन्ध्र शय्याको अस्पताल निर्माणका लागि निर्माण व्यवसायीले पहिलो चरणमा ८० लाख रकम पेश्की र दोस्रो चरणमा थप एक करोड ८१ लाख पेश्की लिइसकेको छ । सम्झौताअनुसार कुल लागतको दश प्रतिशत बजेट अग्रिम पेश्की लिएको हो । साढे दुई करोड बढी रकम लिइसकेको ठेकेदारले भने गाउँपालिकाले जग्गा उपलब्ध गराउन नसकेका कारण भवन निर्माणमा ढिलाइ भएको दाबी गरेको छ ।

गाउँपालिकाले जग्गा नदिएर भवन बनाउन अवरोध गरेको ठेकेदारले दाबी गरेको छ । पन्ध्र शश्याको अस्पताल भवन बनाउन करिब ११ कठ्ठा जग्गा आवश्यक हुन्छ । तर, हालसम्म लिम्सा स्वास्थ्यचौकीको नाममा चार रोपनीमात्र जग्गा रहेको छ । भवन निर्माण गर्न अस्पतालकै नाममा जग्गा धनीपुर्जा हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । जसले गर्दा भवन निर्माणमा थप ढिलाइ भएको हो ।

स्थानीय तहको हचुवाको निर्णयले अस्पताल निर्माणमा थप समस्या आएको ठेकेदारको भनाइ छ । तत्कालीन गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले अस्पतालको जग्गा प्राप्त नगरी भवन निर्माणको बोलपत्र गराएका थिए । तर, गाउँपालिकाले भने ठेकेदारकै कारण भवन निर्माणमा ढिलाइ भएको जनाएको छ ।

भवन निर्माणका लागि जग्गाको खासै समस्या नभएको बारेकोट गाउँपालिका उपाध्यक्ष निशान गिरीले बताए । “अस्पताल भवन बनाउन पर्याप्त जग्गा छ”, उनले भने, “तर, ठेकेदारले तीनपटक म्याद थप गर्दासमेत काममा चासो दिएन”, ठेकेदारको लापरवाहीका कारण काम हुन नसकेको उहाँको दाबी छ । कर्मचारीहरू ठेकेदारसँग मिलेर भवन निर्माणमा थप ढिलाइ गरेको उपाध्यक्ष गिरीले बताए ।

यता स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकाय सार्वजनिक जग्गा पर्याप्त नभएका कारण भवन निर्माणमा ढिलाइ भएको बताउँछन् । गाउँपालिकाले यही पुस २८ गते स्वास्थ्यको भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि विद्यालयको जग्गा प्राप्ति गर्ने निर्णय गरेको उनले बताए ।

लिम्सामा १५ शय्याको अस्पतालको भवन निर्माणका लागि २३ करोड बजेट लागत अनुमान गरिएको थियो । ठेकेदारले घटेर १८ करोड ३९ लाख ४९ हजार दुई सय छ मा निर्माणको ठेक्का लिएको गाउँपालिकाका इञ्जिनियर केशव श्रेष्ठले बताए ।

भवन निर्माणका लागि गाउँपालिकाले विसं २०७८ असार १४ गते ठेकेदारसँग सम्झौता गरेको थियो । सम्झौतामा दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ । तर, सम्झौता अवधि सकिन पाँच महिनामात्र बाँकी रहँदा भवन निर्माणको सुरुआतसमेत हुनसकेको छैन । तत्कालीन वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले अस्पतालको भवनको शिलान्यास गरेका थिए।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

झापास्थित रास्वपा कार्यालय भएको घरमा तोडफोड

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com