ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा – प्रचण्ड


एबीसी न्यूज
माघ १२, २०७४ शुक्रबार   १ : ०६   बजे

काठमाडौँ, १२ माघ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभयो–“युवा विद्यार्थी भनेका आफैँमा जिज्ञासु, प्राविधिक रुपमा समेत सचेत वर्ग भएकाले देश विकासमा यही समूहलाई नेतृत्व दिन तयार हुनुपर्छ । राजनीतिक क्रान्ति सम्पन्न भएको छ, आर्थिक क्रान्तिका लागि अब युवा नै अग्रसर हुनुपर्छ” ।


आज आफ्नै निवास खुमलटारमा राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी संगठनका महासचिव चन्द्रभूषण साहसहितका विद्यार्थी नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै उहाँले तराई– मधेशको माग सम्बोधन गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न वाम गठबन्धन तयार रहेको बताउनुभयो ।

शान्तिपूर्ण रुपमा तराई–मधेशको मागलाई संविधानको दायराबाटै पूरा गर्न सकिने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो–“मधेशलाई विकास र समृद्धि चाहिएको छ, वामपन्थी सरकारले त्यसमा जोड दिनेछ ।”

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेशमा विद्यमान विभेद्को सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताउनुभयो ।
सो अवसरमा नवप्रवेशी साहले माओवादी पार्टी नै मधेशी जनताको अधिकारको पक्षमा लड्ने भएकाले आफूहरुले पार्टी प्रवेश गरेको र निरन्तर क्रियाशील हुने बताउनुभयो ।

कार्यक्रममा महासचिव साहसहित तमलोपाका पूर्व विद्यार्थी उपाध्यक्ष अजितपप्पु यादव, राजपाका विद्यार्थी सचिव ज्ञानकुमार कुशवाहा, मधेशी विद्यार्थी समाजका कोषाध्यक्ष वसन्त ठाकुरलगायतका विद्यार्थी नेता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा अधिकांश इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group