ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारका निर्णय भावी सरकारलाई अमान्य – उपाध्यक्ष रावल


एबीसी न्यूज

  एकेन्द्र महता
अछाम  १२ माघ । नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनर्विचार गर्ने बताउनुभएको छ । प्रेस चौतारी अछाम शाखाले  साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उपाध्यक्ष रावलले वर्तमान सरकारले गरेका कतिपय निर्णय असंवैधानिक र राष्ट्रकोहीत विपरीत भएको बताउँदै भावी सरकारलाई उक्त निर्णयहरु मान्य नहुने चेतावनी दिनुभएको छ ।
सरकारले सामाजिक सुरक्षा र भूकम्पपीडितको राहतसम्बन्धी गरेको निर्णय, देश कंगाल बनाउने कदम भएको उहाँले टिप्पणी गर्नुभयो । ‘कामचलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको भन्दै वर्तमान सरकारलाई त्यसो गर्ने अधिकार छैन ।’ उहाँले भन्नुभयो—‘सरकारमा रहिरहन जालझेल, षड्यन्त्र, तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कंगाल बनाउने, आर्थिक संकटमा फँसाउने, प्रतिकूलता बढाउने र संचित रकम ध्वस्त पारिदिने लगायतका क्रियाकलाप गर्न मिल्दैन।’
वृद्ध भत्ता पाउने उमेर ७० बाट ६५ वर्षमा झार्ने तथा भूकम्प र बाढीपीडितलाई घर निर्माणका लागि राहत स्वरुप १ लाख रुपैयाँ थप गर्ने सरकारको निर्णयले चर्को आलोचना खेपिरहेका बेला त्यसविरुद्ध एमाले उपाध्यक्ष रावल कडा रुपमा प्रस्तुत भएका हुन् । उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानी तोक्ने विषयमा, नागरिकमा गलत भ्रम सृजना गरेको बताउनुभयो ।
राजधानी तोक्ने विषयमा सरकारले गठन गरेको विज्ञ टोलीले तयार पारेको प्रतिवदेन सार्वजनिक नगरेर अस्थायी मुकाम तोक्ने निर्णयको विरोध गर्नुभयो । ‘सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नको लागि वामगठबन्धनले सुझाव दिइएको हो ।’ उहाँले भन्नुभयो– ‘कामचलाउ सरकारले गरेको अस्थायी मुकाम वामगठबन्धन मान्न तयार नभएको बताउनुभयो । प्रदेश नं।
७ को अस्थायी मुकाम धनगढीमा तोक्ने विषयमा काँग्रेसका कार्यकर्ताहरुले आन्दोलन गर्नुको कुनै अर्थ नभएको पनि उहाँले बताउनुभयो । अहिलेको तोकिएको मुकाम अस्थायी भएकाले प्रदेश सभाको वैठकले सवै जनतालाई पाएक पर्ने स्थानमा राजधानी तोक्ने पनि बताउनुभयो । पत्रकार सम्मेलमा राष्ट्रिय सभामा नवनिर्वाचित सांसद शेरबहादुर कुँवर, प्रदेश सदस्य गोविन्द कुँवर र प्रदेश सदस्य मिना साउदको सहभागिता रहेको थियो । प्रेस चौतारी अछाम शाखाका उपाध्यक्ष कालु वोहराको अध्यक्षतामा कार्यक्रम भएको थियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com