ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रबिको बहानामा किन प्रचण्ड र ओलीले निहुँ खोज्दैछन् ?


ABC NEWS

 

काठमाडौं १८ माघ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने समयमा नै राष्ट्रपति पद एमालेले लिने सहमति भएको एमाले नेताहरुको दावी छ । तर सहमति भएको महिना दिन नपुग्दै प्रचण्ड र ओलीले एक अर्कालाई अरोप लगाएर सहमति उल्लंघन गर्न थालेका छन् । । माओवादी नेताहरुका अनुसार सहमति उल्लंघनको सुरुवात ओलीले गरेका हुन् । पुस २५ र २६ गते संसदमा ओलीले प्रतिनिधिसभा विघटन सही थियो दलिल गरेर आपससी सहमति र विश्वासमा शंका बढाए । एमाले र माओवादीबीच छलफल हुँदा गृह मन्त्रालय माओवादीले लिने सहमति भएपनि एमालेले रास्वपालाई दिलाउन भूमिका खेलेको, उपप्रधानमन्त्रीको वरियता मिचेको र उर्जा मन्त्रालय राप्रपालाई दिलाउन ओलीले दबाव दिएको, जनमतलाई दिने भनेको उद्योग मन्त्रालयले आफैले पाउनु पर्ने अडान लिएको भन्ने आरोप माओवादी नेताहरुको छ ।
त्यो संगै उपसभामुख पद माओवादीले लिने भनेकोमा ओलीले अनावश्यक भाउ दिएर संवैधानिक परिषद्मा माओवादीको उपस्थिति नहोस् भन्नका लागि रास्वपालाई दिलाएबाट प्रचण्ड ओलीबाट नराम्रोगरी झस्केको माओवादीका एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार दुई दिनसम्म पेरिसडांडामा चलेको बैठकमा अध्यक्ष केही बोलेनन् तर अधिकांशले ओलीको रबैया ठिक नभएको, गृहमन्त्रालय अब विवादित रवि लामछिानेलाई दिन नहुने र सरकार सञ्चालनमा ओलीको अनावश्यक हस्तक्षेप स्वीकार गर्न नहुने सुझाव दिएका छन् ।

पदाधिकारी बैठक पछि कृष्णबहादुर महराले भने – अहिलेको अवस्थामा राष्ट्रपतिको निर्वाचन नसकिएसम्म गृहमन्त्रालय प्रधानमन्त्रीसँगै रहन्छ ।

यतिसम्मकि माओवादीले रास्वपा मात्र होइन एमाले सत्ता बाट बाहिरिए पनि केही फरक नपर्ने निश्कर्षमा पुगेका छन् –नाम नबताउने शर्तमा एक बरिष्ठ पदधिकारी भन्छन्, ‘सरकारमा सहभागी दलले अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन, समर्थन फिर्ता लिएर के हुन्छ र ?’ एमालेले समर्थन फिर्ता लिए पनि सरकारसँग बहुमत रहन्छ । २६ पुसमा प्रचण्डले सांसद भएका नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा बाहेक सबै दलको मत पाएका थिए । माओवादीका अनुसार एमाले बाहिरिए सरकारमा सहभागी हुन कांग्रेस तयार भएर बसेको छ । यस्तो अवस्थामा किन ओलीले निहुं खोज्दैछन् भन्दै माओवादी नेताहरु आश्चार्य प्रकट गर्छन् ।

कांग्रेस नेताहरुले राष्ट्रपति आफूहरुको प्राथमिकता भएको सार्वजनिक रुपमै बताउंदै आएका छन् । मंगलबार तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘प्रचण्डलाई एमालेसँगको गठबन्धनबाट टुटाएर आफूतिर ल्याउन कांग्रेसले जोड गरिरहेको छ ।’
यो जोडबलमा कांग्रेस मात्र नभएर अन्य शक्तिमा पनि लागि परेकै छन् ।
माओवादी र कांग्रेस फेरि नजिकिने बहाना भने ओली ले नै बनाइएिका हुन् । ओलीले संसदमा बोल्दा संसद विघटन सही थियो भन्दै कांग्रेस लाई छेडछाड गर्ने र सरकार सञ्चालनमा ओलीले राप्रपा र रास्वपासंग अलग्गै मोर्चावन्दी गर्ने तथा मधेश केन्द्रित दल जसपा र जनमतलाई टाढा पुर्याउने गतिविधिबाट प्रचण्ड समेत ओलीबाट झस्किएका छन् । तर यतिबेला ओलीको भन्दा प्रचण्डको हात माथि परेको छ ।

सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ।

भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएका थिए।

लामिछानेले मंगलबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रचण्डसँग माग गरेका थिए।

गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ।

नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुन: नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै पुन: पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए।

रास्वपाका नवनियुक्त(नयाँ नागरिकता लिएपछि) अध्यक्ष रवि लामिछानेसँग भएको भेटमा निश्चित प्रक्रिया नपुर्‍याइकन रविलेमात्र होइन गृह मन्त्रालय अब रास्वपाले नै पाउँदैन भनेर प्रचण्डले स्पष्ट सन्देश दिएका छन् ।
प्रचण्डको यो अडानबाट निराश भएका रवि तुरुन्तै ओली निवास पुगेर गृहमा जान ओलीको सहयोग मागेका थिए । राजनीतिक विश्लेषकहरु भन्छन् प्रचण्डले दिएको सन्देश रास्वपा वा रवि लामिछानेविरुद्ध मात्र नभएर केपी शर्मा ओलीलाई पनि हो ।
रविले गृह मन्त्रालय नपाए सरकारको समर्थन फिर्ता लिने धम्की दिए पनि उनको धम्की कति खोक्रो छ भन्ने कुरा रवि र ओलीलाई मात्र होइन प्रचण्डलाई समेत राम्ररी जानकारी छ । रबिको शुसान भन्ने हल्ला केवल उनको पद र आशक्तिमा केन्द्रित थियो भन्ने पुष्टि भएकोमा भने प्रचण्ड र ओली दुवै खुशी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

सुनकोशीमा फेला परेको शव सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको

सम्बन्धित

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

सुनकोशीमा फेला परेको शव सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको

LIVE : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदमा बहस

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

माओवादीबाट हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन

उडिरहेको श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com