ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछाने बाहिरिए प्रचण्ड सरकारको समर्थन संख्या २६८ बाट घटेर २४८


ABC NEWS

 

काठमाडौँ १७ माघ । नागरिकता प्रकरणमा दोषी ठहर भएपछि उपप्रधान एवम् गृहमन्त्रीसहित प्रतिनिधि सभा सदस्य पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः मन्त्री बन्ने कसरत पुरा नभए उनको दलले नै गठबन्धन सरकार छाड्ने चेतावनी दिएका छन् ।
मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछानेले आफूलाई सरकारको पूर्ववत जिम्मेवारी नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी नै दिएका छन् ।

लामिछानेको नागरिकता विवाद सुल्झिए पनि दोहोरो राहदानी विवाद कायमै रहेकाले प्रधानमन्त्री प्रचण्ड उनलाई पुन उपप्रधान तथा गृहमन्त्री बनाउन तयार छैनन् । सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीले भने रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा बनाउन प्रचण्डलाई दबाव दिइरहेका छन् ।
ओलीको दबावका कारण नै प्रधानमन्त्री प्रचण्ड सशंकित बनेको बालुवाटार स्रोतले जनाएको छ ।

रविले प्रधानमन्त्री प्रचण्डलाई तीनदेखि लगातार भेटिरहेका छन् । प्रधानमन्त्री प्रचण्डबाट सकारात्मक जबाफ नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने मुडमा लामिछाने पुगेको बताइन्छ ।

रवि नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए गठबन्धन सरकार के हुन्छ भन्ने प्रश्नका बारेमा माओवादीले छलफल गरिरहेको छ । माओवादी नेताहरुले रास्वपाले समर्थन फिर्ता लिएमा सरकारलाई प्राप्त २६८ मतमा जम्मा १९ मत घट्ने मात्र हो केही फरक पर्दैन भन्ने टिप्पणी गरिरहेका छन् ।

माओवादी नेता लिलामणि पोखरेलका अनुसार रवि लामिछानेलाई गैरसांसद हुंदा पनि आफैलाई गृहमन्त्री चाहिएको छ । अहिलेको अवस्थामा विवादित गैरसांसदलाई मन्त्री बनाउने मुडमा प्रधानमन्त्री छैनन् । यदि रास्वपाबाटै कोही सांसदलाई गृहमन्त्री बनाउन तयार भए प्रधानमन्त्रीले सोच्न सक्ने देखिएको छ ।
रास्वपाका एक सांसद भन्छन् – ‘रवि मन्त्री बन्न नपाएमा उनले अरु कसैलाई मन्त्री बनाएर बाहिर बस्न सक्दैनन् ।’

प्रतिनिधि सभामा २७५ जना सांसद छन् । सरकार बनाउन १३८ जना सांसद भए हुने भएपनि १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् । गठबन्धन बनाउने बेलाको यो हिसाबमा रवि सरकारबाट बाहिरिए पनि प्रचण्डसँग १४९ जना सांसदको समर्थन कायम नै रहनेछ । एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्रका ३ जना सांसदको साथ प्रचण्डलाई कायम रहने छ ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए । त्यसबेला २७५ सांसदमध्ये २६८ जना सांसदबाट विश्वासको मत प्राप्त गरेका थिए । यो हिसाबमा रविको पार्टीले समर्थन फिर्ता गरे पनि प्रधानमन्त्री प्रचण्डसँग २४८ जना सांसदको साथ कायमै हुनेछ ।

जसमा काँग्रेस ८८, एमाले ७९, माओवादी केन्द्र ३२, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जसपा १२, नेकपा १०, जनमत ६, नागरिक उन्मुक्ति पार्टी ४, लोसपा ४ र स्वतन्त्रका ३ सांसदको साथ प्रधानमन्त्री प्रचण्डसँग कायम रहनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com