ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी उपमन्त्री नुल्यान्डले ‘सार्वभौमसत्ताको ख्याल गर्नुस्’ भन्ने सुझाव सल्लाह हो कि चेतावनी ?


ABC NEWS
माघ १७, २०७९ मंगलबार  ५ : ५५ बजे

काठमाडौँ १७ माघ । नेपाललाई सबै छिमेकीहरूसँग आर्थिक सहकार्य गर्न अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सुझाव दिनु अहिले पनि विश्वलाई अमेरिकाले नै शासन गरिरहेको छ, दक्षिण एशियामा पनि हामीले भनेको नै मान्नु पर्छ भन्ने सन्देश हो । उनले नेपालले छिमेकी मुलुकहरूसँग आर्थिक सहकार्य गर्दा महत्त्वपूर्ण पक्षको रुपमा आफ्नो सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिनु पर्ने बताएर त्यसको संकेत भारततिर गरेकी हुन् कि चीनतिर भन्ने स्पष्ट हुँदैन । किन भने अहिलेसम्म नेपालीहरुले बुझेको नेपालको सर्वाभौमसत्ता भारतबाट खतरामा पर्ने गरेको छ भन्ने हो । भारतसँग नेपालको भूगोलको पनि विवाद छ । तर अमेरिकी अधिकारीले भनेको भारततिर भन्दा बढी चीन लक्षित हो भन्ने प्रष्ट छ । गतकालमा देउवा प्रधानमन्त्ती रहेका बेला उत्तरी सीमा नाकामा चीनले नेपाली भुमी कव्जा गरेको भन्ने निकै ठूलो प्रचारवाजी भएको थियो । सम्भवत अमेरिकी अधिकारी अहिलेसम्म पनि त्यही सूचना दिमागमा पालेर काठमाडौं ओर्लेकी हुनसक्छिन् ।

Image

Image

Image

Image

नेपालको दुईदिने भ्रमणमा आएकी उपमन्त्री नुल्यान्डले सोमबार पाटनमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्दा त्यसमा कुनै पनि भ्रष्टाचार नहोस् । सबै कुराहरू पारदर्शी होऊन् । छिमेकीहरूसँग आर्थिक सहकार्य गर्नुहोस्, सार्वभौमसत्ता रक्षामा ध्यान दिनुहोस् । नेपालले सबै आफ्ना छिमेकीहरूसँग बनाएको सुमधुर सम्बन्धलाई हामी स्वागत गर्दछौं भन्दै निकै सरल तर कुटील संकेत गरेकी छन् ।

उनले अमेरिकाको भारतसँग साँच्चै बलियो सम्बन्ध रहेको बताउँदै नेपालको अर्को छिमेकी राष्ट्र चीनसँग पनि अमेरिकाको सम्बन्ध सुमधुर रुपमा अघि बढिरहेको भन्न पनि पछि परिनन् । ‘गत नोभेम्वरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटवार्ता गरेका थिए । आगामी साता चीनसँग अमेरिकाको अझ बढी संलग्नताहरू हुँदै छन् भन्ने जानकारी पनि उनले बताएकी थिइन् ।

उपमन्त्री नुल्यान्डले अमेरिकाले एउटा वा अर्को (देश रोज्ने) भन्नेबारे धारणा नराख्ने बताएपनि संसार भर अमेरिकाले आफ्नो र अर्काे देश भन्ने भाष्या बनाउंदै आएको छ । ‘‘धेरै मौकाहरू छन् । तर‚ हामी जहाँ जे गरिरहेका छौं, तपाईं (नेपाल) का जनता र अमेरिकी जनतालाई फाइदा होस् तथा दुवै मुलुकको लोकतान्त्रिक सम्बन्ध बलियो बनोस् भन्ने उद्देश्य हो ।’ उपमन्त्री नुल्यान्डले अमेरिकाले नेपालमा जे गरे पनि सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको बताएकी छन् । यसको अर्थ अब नेपाल अमेरिकी कुटनीतिक र रणनीतिको अनिवार्य राडारमा परेको भन्ने नै हो ।


अमेरिकी उपमन्त्री न्युल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेका सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री विमला पौड्याल राईसंग भेटवार्ता गरे पछि अमेरिकी दूतावासमा छानिएका नेपाली केही बद्धिजीवी र पत्रकारहरुलाई पनि भेटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com