ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीपी प्रतिष्ठानमा बिरामी कुरुवा बस्न पाँच सय धरौटी र अनिवार्य कुरुवा कार्ड


ABC NEWS

विराटनगर १६ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी कुरुवा बस्न ५०० रुपैयाँ धरौटी राख्नुपर्ने नयाँ नियम बनाएको छ ।

प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामी भर्ना गरिएसँगै ५०० रुपैयाँ धरौटी बुझाएर कुरुवा कार्ड लिनुपर्ने र त्यस्तो कार्ड प्रति बिरामी एक जनाले पाउने प्रतिष्ठानले जनाएको छ। गत माघ १० गते प्रतिष्ठानका अस्पताल निर्देशक डा।जगतनारायण प्रसादले माघ १५ बाट कुरुवा कार्डको व्यवस्था लागू हुने उल्लेख गर्दै प्रतिष्ठानले सार्वजनिक सूचना नै जारी गरेको छ ।

ग

त माघ १० गते प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगतनारायण प्रसादले माघ १५ बाट कुरुवा कार्डको व्यवस्था लागू हुने उल्लेख गर्दै सूचना जारी गरेका थिए।

आइतबारबाट कुरुवा कार्ड लागू गरिएको छ। हाल परीक्षणका रूपमा आकस्मिक कक्षमा मात्र लागू गरिएको यो नियम बिस्तारै अन्य कक्षमा पनि लागू गर्ने प्रतिष्ठानको तयारी छ।

प्रतिष्ठानले आकस्मिक कक्षमा अत्यधिक भीडभाड हुने भएकाले त्यसलाई कम गर्न यस्तो नियम लागू गरिएको जनाएको छ। तर, बिरामीका आफन्तले भने कुरुवा कार्डको व्यवस्था उचित भए पनि ५०० रुपैयाँ धरौटीको व्यवस्था गलत भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिष्ठानले कुरुवा कार्ड निःशुल्क व्यवस्था गर्न सक्ने भए पनि बिरामीलाई झमेला थप्ने गरी धरौटीको व्यवस्था गरिनु ठीक नभएको बिरामीका आफन्तले बताएका छन्। कुरुवा बसेका विकास भुजेल भन्छन्, “आकस्मिक कक्ष भनेकै जटिल बिरामी ल्याइने ठाउँ हो, यस्ता बिरामीलाई एक जना होइन, दुई जनासम्म कुरुवा बस्न दिनुपर्छ। अनि कार्डमा धरौटीको व्यवस्था राखिनु हुँदैन।’’

प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक २०० भन्दा बढी बिरामी ल्याइने गरेको र उनीहरूसँगै आउने आफन्त र अन्य मान्छेको भीडले उपचारमा समस्या हुन थालेपछि कुरुवा कार्डको नियम लागू गरिएको प्रतिष्ठानका प्रवक्ता डा. अञ्जु प्रधानको भनाइ छ। बिरामी भर्नासँगै ५०० धरौटी बुझाएपछि पाइने कुरुवा कार्ड बिरामी डिस्चार्जका क्रममा फिर्ता गरेपछि धरौटी रकम पनि फिर्ता गरिने डा. प्रधानले बताइन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com