ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री भन्छन् – गृहमन्त्री बनाएपछि थाहा हुन्छ, महरा भन्छन्- निर्णयको जिम्मा प्रधानमन्त्रीलाई दिएका छौँ


ABC NEWS

 

काठमाडौं १६ माघ । नेकपा माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।
बैठकपछि बहिरिने क्रममा सञ्चारकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीबारे प्रश्न गरेका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बनाएपछि थाहा हुन्छ ।’

पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकपछि बोल्दै माओवादी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे कुनै कुरा नभएको बताए।

गत शुक्रबार सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्री पद खाली छ।

यस्तोमा रास्वपाको आइतवार बसेको केन्द्रीय समिति बैठकले गृहमन्त्रीमा आफ्नो दाबी रहने बताएको थियो।

सत्ता गठबन्धनको भाबन्डामा गृह आफूहरुकै भएकाले त्यसमा कसलाई पठाउने भन्ने टुंगो लगाउने रास्वपाले जनाएको थियो।

त्यहीअनुसार रास्वपा सभापतिमा शुक्रबारै फर्किएका लामिछानेले बालुवाटार पुगेर आफूलाई गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका थिए।

तर गृहमन्त्रालय आफ्नै पार्टीमा राख्ने मुडमा रहेका प्रचण्डले रविलाई ठोस जवाफ नदिइ फिर्ता पठाइदिएका थिए। यसबीचमा सोमबार माओवादी पार्टी पदाधिकारी बैठक बसेको हो।

‘गृहमन्त्रीबारे कुरै भएन प्रवेश नै भएन। यसबारे प्रधानमन्त्री आफैंले निर्णय गर्नु हुन्छ, यो सरकारको विषय होु, महराले भने, ‘यसबारेमा कुरा भए स्थायी समितिमा होला।’

उनले पर्सि बस्ने स्थायी समितिका लागि यो बैठकले एजेन्डामाथि छलफल गरेको बताए। ुस्थायी समितिमै राष्ट्रपति निर्वाचनबारे कुरा हुन्छ। पदाधिकरीको बैठक बस्यो, हिजो अस्ति होमवर्क पनि गरेको होु, उनले भने, ‘पर्सी स्थायी समिति बैठक बस्ने निर्णय भएको छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खानेपानी ट्यांकीमा भेटियो शव

दमोली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो। घरघरमा

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

काठमाडौँ । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले राजीनामा दिएका छन्। एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश

सम्बन्धित

खानेपानी ट्यांकीमा भेटियो शव

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

मन्त्रालय बाँडफाँडको प्रारम्भिक प्रस्ताव तयार, क–कसले कति पाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com