ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर


ABC NEWS

 

काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन पद जन्म भएको त्यो नै अवैध भएपछि कुनै पनि पूर्व पद वैधानिक नहुने बताएका छन् ।

सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता कायम नरहेको फैसला गरेपछि प्रतिनिधि सभा सदस्यसँगै उपप्रधानमन्त्री, गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाए। लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा ३२ दिन, सांसदको हैसियतमा ३६ दिन र पार्टी सभापतिका रूपमा करीब सात महीना पदमा बसे। तर, उनी यी पदमा बसिसकेको कानूनी हैसियत भने हुने छैन।

वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरका अनुससार लामिछानेको सांसद पद नै अवैधानिक भएपछि कानूनी रूपमा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत पनि हुँदैन। “निर्वाचित भएको पद नै रद्द भइसकेकाले रवि लामिछानेले आफूलाई पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेको थिएँ भन्ने अवस्था रहंदैन थापाले स्पष्ट पारेका छन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन वर्ष प्रमुख आयुक्तका रूपमा बिताएका लोकमानसिंह कार्कीलाई सर्वोच्चले नै अयोग्य ठहर्‍याएपछि उनको पनि पूर्व प्रमुख आयुक्तको हैसियत रहेको थिएन। अहिले पनि अख्तियारको पूर्व प्रमुख आयुक्तहरूको सूचीमा कार्कीको नाम छैन। “पदमा पुग्ने योग्यता नै नरहेर खारेज गरिदिएपछि पूर्व पदाधिकारीको हैसियत हुने कुरै आउँदैन,” वरिष्ठ अधिवक्ता थापा भन्छन्।

माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः कायम गराउने कानूनी प्रक्रिया नपुर्‍याएको भन्दै उनको सांसद पद अमान्य ठहर गरेको थियो। त्यसपछि उनी सबै पदबाट मुक्त भएका थिए। सर्वोच्चको फैसला आएको तेस्रो दिन आइतबार नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लामिछानले कानूनी रित पुर्‍याएर पुनः नागरिकता कायम गराएका छन्।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेकै वेला लामिछाने गृहमन्त्री बनेका थिए। त्यसपछि अनुसन्धान नै ठप्प बनेको थियो।

सर्वोच्चले लामिछानेको नागरिकता कायम नरहेको फैसला गरेपछि प्रहरीलाई अनुसन्धान गर्न अझ थप प्रमाण मिलेको छ । तर सत्ता गठबन्धनको मुख्य दल एमाले अध्यक्ष केपी शर्मा ओली र स्वयं रबि लामिछाने पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाव बढाएको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार अब रवि लामिछाने गृहमन्त्री हुने सम्भावना शुन्य बराबर छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com