ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने


ABC NEWS

 

काठमाडौं १४ माघ । परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलंका बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन कोलम्बोको भ्रमणमा जाने भएकी छन् । मन्त्री राई बिहीबार (१९ गते) कोलम्वो जाने छिन् ।

‘मन्त्रीको श्रीलंका भ्रमण तय भएको छ। हामी भ्रमणको तयारीमा छौं’, मन्त्रालयका एक उच्च अधिकारीले पत्रकारहरुलाई जानकारी दिए ।

श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेले शनिबार स्वतन्त्रताको ७५ औं बर्षगाँठका अवसरमा विशेष समारोह आयोजना गर्दैछन्। त्यस अवसरमा बिभिन्न देशका परराष्ट्र मन्त्री लगायत उच्च पदस्थ अधिकारीलाई निम्त्याइको छ।

श्रीलंकाले सन् १९४८ फेब्रुअरी ४ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको थियो। श्रीलंका स्वतन्त्र भएको ७५ औं बर्षगाँठका अवसरमा विविध कार्यक्रम पर्सि मंगलबारदेखि नै शुरु हुँदैछ । उक्त विशेष अवसरमा श्रीलंकाको केन्द्रीय बैंकले एक हजारको सिक्का र दुईवटा हुलाक टिकट पनि जारी गर्ने भएको छ।

श्रीलंकाका विदेशमन्त्री अलि साब्रिले केही समयअघि मन्त्री राईलाई सो अवसरका लागि निम्ता पठाएका थिए। मन्त्री नियुक्त भएपछि राई पहिलो विदेश यात्रामा श्रीलंका जाने भएकी हुन्।

विकास तथा वातावरण विद् राई सहाना प्रधान र सुजाता कोइरालापछि परराष्ट्रमन्त्री बन्ने नेपाली महिला नेतृ हुन्। श्रीलंका भ्रमणका क्रममा मन्त्री राईले उच्चस्तरीय भेटवार्ता पनि गर्नेछन्। समकक्षि साब्रिसँग कोलम्बोमा परराष्ट्रमन्त्री राईको द्विपक्षीय भेटवार्ता हुँदैछ। त्यसक्रममा श्रीलंका—नेपाल राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धका विविध पक्षबारे कुराकानी हुनेछ।

स्रोतका अनुशार मन्त्री राई र श्रीलंकाली समकक्षिबीच नेपाल—श्रीलंका संयुक्त आयोगको बैठक आयोजना गर्नेबारे कुराकानी हुनेछ। श्रीलंकाले संयुक्त आयोग बैठकका लागि ताकेता गरिरहेको छ। श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षे सन् २००९ मा नेपाल आउँदा संयुक्त आयोग स्थापना भएपनि आयोगको बैठक अहिलेसम्म बसेको छैन।

श्रीलंका र नेपालबीच सिधा हवाई उडान हालै शुचारु भइसकेको छ। नेपाल र श्रीलंकाबीच सांस्कृतिक सम्बन्ध पनि छ। बौद्दमार्गीको बाहूल्यता रहेको मुलुक श्रीलंकाको लुम्बिनीमा विशेष चासो छ। श्रीलंकाले लुम्बिनीमा एक अस्पताल बनाउने घोषणा गरिकेको छ। भ्रमणमा मन्त्री राईका साथमा परराष्ट्र अधिकारीहरु पनि रहनेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com