ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेमाथि ‘झुटो विवरण’मा कारबाही हुनसक्ने


abc tv

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेमाथि झुटो विवरण बुझाएर सार्वजनिक लाभको पदमा पुगेको अभियोगमा कारबाही हुनसक्ने कानून व्यवसायीले बताएका छन्।

पुस ११ गते पद तथा गोपनियताको सपथ खाने तीन जना मन्त्रीमध्येका एक थिए, रवि लामिछाने। एक महिना २ दिनमा आईपुग्दा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेका सांसद पद नै रहेन। सर्वोच्च अदालतको संवैधानिक इजलासले विदेशी नागरिकता लिएको व्यक्तिले पुनः नागरिकता कायम गराउने कानूनी प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरिदिएपछि लामिछाने पदहीन बन्न पुगेका हुन्।

छोटो समयमै बिजुली बेगमा राजनीतिक शक्ति आर्जन गरेर स्वार्थ बाझिने गरी उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्दाखेरी नै लामिछानेको नैतिक शक्ति खस्किसकेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेले फर्जी नागरिकता प्रयोग गरेको विषयमा अनुसन्धान गरिरहेकै वेला उनी एकाएक गृहमन्त्री बनेर आएका थिए।

सर्वोच्चले लामिछाने नेपाली नागरिक नरहेको पैmसला गरेपछि उनीविरुद्ध झुटो विवरण दिएको आरोपमा अनुसन्धान गर्ने आधार झन् बलियो भएको फौजदारी कानूनका ज्ञाता वरिष्ठ अधिवक्ता लवप्रसाद मैनाली बताउँछन्। “सर्वोच्चले लामिछानेलाई अनागरिक भनिसक्यो। नागरिक हुँ भनेर ढाँटेर लाभको पदमा पुगेको पुष्टि भईसक्यो,” वरिष्ठ अधिवक्ता मैनाली भन्छन् “प्रहरीलाई अनुसन्धान गरेर मुद्दा चलाउने अर्को आधार मिलेको छ।”

मैनालीका अनुसार नागरिकता ऐन, २०६३ को दफा २१ अनुसार लामिछानेलाई कारबाहीको भागीदार बनाउन सकिन्छ। त्यो दफामा ‘कुनै विदेशी नागरिकले नेपाली नागरिक भनी झूटो विवरण दिई नेपाली नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। लामिछानेले नेपाली नागरिक हुँ भन्दै ढाँटेकाले यो कसुर आकर्षित हुने उनको तर्क छ। “अनागरिकले नागरिक हुँ भन्नु झन् गम्भीर अपराध हो,” मैनाली भन्छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संगठनभित्र आन्तरिक शुद्धिकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ – नवनियुक्त आईजीपी कुँवर

काठमाडौं, १० चैत्र। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता हुने बताउनुभएको छ। विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाडौं , १० चैत्र ।  बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् ।११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका

बसन्त कुँवरलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कँवरलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा

सम्बन्धित

संगठनभित्र आन्तरिक शुद्धिकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ – नवनियुक्त आईजीपी कुँवर

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

बसन्त कुँवरलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णय

बसन्त कुँवरलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा

गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com